२०७७ मंसिर १७, बुधबार
Follow Us on:

मानहुँकोटमा ३०० जना मात्रै पर्यटक जान पाउने: जग्गा किनबेचमा रोक

तनहुँ: तनहुँको व्याँस नगरपालिका ५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा अबदेखि दैनिक ३०० जना मात्रै जान पाउने भएका छन् ।

पछिल्लो समय एक्कासि पर्यटकको संख्या बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उक्त नियम कार्तिक २५ गते मंगलबारदेखि लागु हुनेछ ।

आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।

बैठकले कोरोना भाइरस (कोभिड(१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उहाँले बताउनुभयो ।

शनिबार मात्रै देशका विभिन्न स्थानबाट मानहुँकोटमा १० हजार भन्दाबढी आन्तरीक पर्यटक आएका थिए । शनिबार आएको पर्यटक अहिलेसम्म मै सबैभन्दा ठुलो संख्या हो ।

पछिल्लो समय देशभर तथा विदेशमा समेत चर्चित भएको व्यास(५ मानहुँकोटमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले मानहुँकोटमा अबको २ महिना जग्गा किनबेचमा रोक लागाउने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास(५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय ह्वात्तै पर्यटक बढेसंगै जग्गा जमिनको किनबेच हुन् थालेपछि नगरपालिकाको उक्त कार्य २ महिना रोक्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै बैठकले एक महिना भित्र मानहुँकोटको गुरुयोजना तयार गर्ने, खानेपानीको लागी डीपिआर गर्ने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै नगरपालिकाले सार्वजनिक शौचालयको निर्माणका लागी २५ लाख बजेट निकासा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै मानहुँकोटमा सरसफाईका लागी एक जना कर्मचारी राख्ने निर्णय बैठकले गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै उक्त बैठकले विपदले सडकमा पुर्याएको क्षति मर्मत संम्भाका लागी १ हजार थान जाली र १० लाख बराबरको ह्युम पाईप खरिद गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

ठुलो संख्यामा पर्यटक आउँन थालेसंगै मानहुँकोटमा पार्किङ्गको अझै आवश्यकता देखिन्छ । त्यस्तै सुरक्षा व्यवस्था समेत कडाई गरिनु जरुरी छ । साथै कोभिड १९ को जोखिम रहिरहेका कराण अन्य जिल्लाबाट आउने पर्यटकबाट झनै जोखिम बढ्न सक्ने भएको हुँदा सचेत हुन आवश्यक रहेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *