२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

काेराेना कहर बिचनै बहराइनका राजकुमार घुम्नकाे लागि नेपालमा

काठमाडौं : बहराइनका राजपरिवार राजपरिवारका सदस्य सेख महमद हमद महमद अल खलिफा सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि नेपाल आउनु भएको छ ।
बहराइनको राजपरिवार नेपाल घुम्न लालायित थियो । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको बहराइन स्थित नेपाली राजदूतावासले बताएको छ ।

नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो । राजकुमार नासिर सहितको टोलीले नेपालको ट्रेकिङ गर्ने कार्यक्रम रहेको छ । त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्ने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नुहुने छ । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नुभएको नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपरिवार र जनस्तरमा राम्रो परेको बहराइका लागि नेपाली राजदूत पदम सुन्दासले बताउनुभयो । नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *