२०७६ चैत्र २६, बुधबार
Follow Us on:

धादिङमा रहेकाे एसियाकै ठुलाे गुफा ओझेलमा (भिडियो सहित)

राज शाक्य

धादिङ : सरकारले घोषणा गरेको सय गन्तव्य भित्र परेको धादिङको बेनीघाट रोराङ गाँउपालिकामा रहेको नोहक गुफा ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नोहक गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो ।

जंगलमा मृगको सिकार गर्न जाने क्रममा नोहक गुफा पत्ता लागेको स्थानिय बताउछन् । एसियाकै ठुलाे गुफाकाे रूपमा रहेकाे साे गुफा नेपालका गुफाहरू मध्ये सुन्दर र रमणिय रहेकाे संरक्षण समितीका अध्यक्ष चाम बाहादुर चेपाङ बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेला

पर्यटकीय गन्तव्यकाे सुचिमा सरकारले साे गुफालाइ समाबेश गरे पनि प्रचार प्रसार भने अभाव देखिएकाे छ । निकै सुन्दर र रमणिय ठाउँमा रहेकाे साे गुफाको प्रवेश मार्ग पुग्दा झित्री बाटोहरु चौतर्फी फैलिएको र पानी झरेको आवाज सुनिन्छ । साथै गुफा भित्र जाँदा रमाईलो दृश्य देख्न सकिन्छ ।

गुफा सम्म आउनका लागी सडकको बिस्तार नभएका कारण गुफा सम्म पैदल यात्रामा सहज बनाउन लागी सिंढी बाटो निर्माण गरिएको छ । स्थानिय पहल र बिभिन्न संघ सस्थाको सहयोगमा १ प्रतीक्षालय, २ सुविधा सम्पन्न शौचालय निर्माण गरिएको अध्यक्ष चेपाङले बताए ।
गुफा भित्र झन्डै तीन तला सम्म मज्जाले हिंड्डुल गर्न मिल्ने र ३ दखि ५ सय जना सम्म बस्न मिल्ने चुन पग्लेर बनेको भगवानका आकृति पनि रहेको छ । नोहक गुफा पर्यटन प्रवर्धन गर्न केहि वर्ष अघि गुरुयोजना बनाएर नोहक गुफा क्षेत्रको पूर्वाधार निर्माण समेत गरेको थियो ।

पूर्वाधार निर्माण बिकास संगै प्रचारप्रसार गरेर पर्यटक भित्र्याउँने बेनिघाट रोराङ गाँउपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण प्रशाद भट्टराईले बताउनु भएको छ । उनका अनुसार भम्रण वर्ष २०२० मा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउँने तयारीमा लाग्ने बताएका छन् । सडक बिस्तार गर्न र प्रचार प्रसार गर्न सके सहज रुपमा ओझेलमा परेका नोहक गुफालाई चर्चामा ल्याउन सकिने भट्टराइले बताए ।

नोहक गुफा बेनिघाट बजार देखि २१ किमि दुरीमा रहेको छ । बेनिघाट रोराङ गाँउपालिका वडा नम्बर–८ मा रहेकाे साे गुफालाइ समेटेर पर्यटन गुरुयोजना पनि तयार पारिएकाे गाउँपािलकाले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *