२०७६ चैत्र २३, आइतवार
Follow Us on:

अन्नपूर्ण पदमार्गमा ३ नेपाली गाइडसहित ४ कोरियाली पर्यटक अझै बेपत्ता

काठमाडाैँ: बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई हिजो(शनिवार) हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका सय भन्दा बढीलाई तीन वटा हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *