२०७७ कार्तिक १२, बुधबार
Follow Us on:

पर्यटनमन्त्री भट्टराईलाई अस्ट्रेलियामा सुरक्षाकर्मीको अवरोध

सिड्नी : अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो ।

कार्यक्रममा सहभागीहरुका अनुसार एनएसडब्लु प्रहरीले अनुमति विना र्‍याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न चेतावनी दिएको हो । सहभागीहरुको समूहले फुटपाथमा हिँड्ने पैदल यात्रीलाई बाधा पार्ने देखिएपछि प्रहरीले रोकेको बुझिएको छ ।.

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईका अतिरिक्त अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी थिए ।

अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई केही दिन अगाडि अस्ट्रेलिया पुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *