२०७७ साउन २९, बिहिबार
Follow Us on:

चन्द्रागिरीमा पुष १९ गते एक दिने नेवारी खाना महोत्सव हुँदै

काठमाडौं: भ्रमण वर्ष २०२० को अवसर पारेर चन्द्रागिरी नगरपालिकाको थानकोटस्थित कोटघरमा यही पुष १९ गते शनिबार एकदिने नेवारी खाना महोत्सब हुन लागेको छ ।

नेवारी खानाको प्रबर्धन तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले एकदिने नेवारी खाना महोत्सब हुने भएको आयोजक परिवर्तनशील समाजका अध्यक्ष लेमन श्रेष्ठले जानकारी दिए ।
साथै उक्त खाना महोत्सबमा स्थानीय कला सस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकी समेत देखाइने श्रेष्ठले बताए ।

महोत्सबको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । सो खाना महोत्सबमा स्वदेशी र विदेशी गरी २००० पर्यटकको उपस्थिति रहने आयोजकले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *