२०७६ माघ ७, मङ्लबार
Follow Us on:

भ्रमण वर्ष २०२० सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजको अगुवाईमा अस्ट्रेलियामा प्रचार तिव्र

अस्ट्रेलिया : नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अस्ट्रेलियामा पनि प्रचार प्रसार कार्यक्रमलाई तिव्र बनाईएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष तथा गणेशकुण्ड ट्राभल एण्ड टुर प्रालिका डाईरेक्टर दिनेश थापा र अन्तर्राष्ट्रिय धादिङ समाज मेल्बोउर्न अस्ट्रेलियाका संयोजक तथा नाईन मिल क्याफे तथा रेष्टुरेन्टका संचालक ज्ञानेन्द्र थापा को अगुवाईमा नयाँ बर्ष २०२० को शुभकामना आदन प्रदान, भेटघाट तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गरिएको हो ।

अष्ट्रेलियाका पर्यटकलाई नेपाल भित्राउन तथा अष्ट्रेलियामा नेपाली पर्यटकिय संभावनाका क्षेत्रलाई चिनाउन कार्यक्रमको आयोजना गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष तथा अभियान्ता दिनेश थापाले जानकारी दिए ।

प्रचार प्रसारको क्रममा नेपालको पर्यटकिय क्षेत्रका फोटो तथा पोष्टर प्रदर्शन तथा वितरण गरिएको थियो । अष्ट्रेलियाको मेल्बोउर्नबाट प्रचार प्रसार सुभारम्भ गरिएको सो कार्यक्रममा उल्लेखनिय संख्या नेपाली तथाअस्ट्रेलियन नागरिकको सहभागिता रहेको थियो ।

कार्यक्रम निकै प्रभावकारी भएको र त्यसको प्रभावले भ्रमण वर्ष २०२० मा उल्लेखनिय अस्ट्रेलियन पर्यटकहरुले नेपाल भ्रमण गर्ने विश्वास आफुले लिएको अन्तर्राष्ट्रिय धादिङ समाज मेल्बोउर्न अस्ट्रेलियाका संयोजक ज्ञानेन्द्र थापाले लेकबेशी खबरलाई जानकारी दिए । अस्ट्रेलियामा आफ्नै व्यावसाय गरेका थापा पछिल्लो समय समाज सेवाको क्षेत्रमा समेत सकृय रुपमा देखा परेका छन् ।

साथै नेपाल चिनाउने अभियानमा आफु सधै कटिबद्ध भएर लागेको जानकारी दिदै भ्रमण वर्ष २०२० सफल बनाउन प्रत्येक हप्ता नेपालीहरु बिच छलफल गरि प्रचार प्रसार कार्यक्रमलाई अझै सशक्त बनाउने आफुहरुको योजना रहेको उनले बताए । अस्ट्रेलियन नागरिकहरुलाई नै यो महाअभियानमा सहभागि गराउने र उनीहरुको पहलमा समेत पर्यटकहरु नेपाल भित्राउने अभियानमा आफुहरु रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *