२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

गोकुलेश्वर विमानस्थलको प्राविधिक निरीक्षण शुरु, जसरी पनि संचालन गर्नु पर्ने स्थानियको माग

ललित सामान्त
दार्चुला दुई दशक देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको प्राविधिक निरीक्षण शुरु भएको छ । विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरणका प्राविधिक टिमले शनिबारदेखि निरीक्षण शुरु गरेको हो ।

यो बिमानस्थलसंगै बन्द भएका सुदुरपश्चिमका अन्य केहि विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तीम तयारी चलिरहँदा दार्चुलाको गोकुलेश्वर विमानस्थलको प्राविधिक रुपमा निरीक्षण गरिन लागिएको हो । विमान स्थल अहिले गौचरनको रुपमा परिणत भएको छ ।

जिल्लाको पर्यटकीय, आर्थिक विकास र सम्बृद्धि सँग जोडिएको विमानस्थल बन्द हुदा जिल्लाले ठुलो घाटा व्यवहोर्न परेको छ । चार दिनसम्म गोकुलेश्वर विमानस्थल पुन सञ्चालनमा ल्याउन सकिने नसकिने बारे प्राविधिक रिपोर्ट पेश गरिने टोलीका प्रतिक प्रधानले जानकारी दिए । पुरै विस्तृत परियोजना रिपोर्ट बनाउन चार दिन लाग्छ प्रधानले भन्न’भयो रिपोर्ट आइसकेपछि विमानस्थल सञ्चालन हुने नहुने निक्र्यौल हुन्छ ।

सिगों दार्चुला जिल्ला र बैतडी जिल्लाको आधाभन्दा बढी भुभागले सजिलै सेवा पाउँने गोकुलेश्वर बिमानस्थल सञ्चालन हुन नसक्दा समस्या परेको भन्दै दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशसभा उपसभापति निर्मला जोशी बडाल, प्रदेश सभा सदस्य द्धय गेल्बु सिंह बोहरा र मान बहादुर धामी (सन्तोष)ले काठमाण्डौंमै गएर मन्त्रालयको ध्यानाकर्षण गराउनुको साथै ज्ञापन समेत बुझाएका थिए ।

पर्यटनको सम्भावना बोकेको दार्चुलामा एयरपोर्ट सञ्चालन हुन नसक्दा जिल्लामा आउने पर्यटकहरुले कष्टकर यात्रा गर्र्नु परेको छ । यहाँ अपि हिमाल, नाम्पा हिमाल, कापु हिमाल लगायतका थुप्रै हिमऋखंला छन् भने अपिनाम्पा संरक्षण क्षेत्र पनि यहि पर्छ जुन पर्यटकको रोजाईमा पर्ने क्षेत्र हो । अहिले धनगढीबाट दार्चुला पुग्न १२ देखि १५ घण्टा समय लाग्ने गरेको छ । विगतमा व्यापारीहरुले हवाई मार्ग नहुँदा यार्सागुम्बा लगायतका बहुमुल्य जडिबुटी समेत गाडीबाट लामो समय लगाएर ढुनानी गर्नु पर्ने समस्या भोग्दै आएका छन् ।

जिल्लाको विकासको लागि पनि गोकुलेश्वर एयरपोर्ट सञ्चालन हुनुपर्नेमा गोकुलेश्वरमा व्यापारी भुवन भण्डारी बताउछन् । एयरपोर्ट सञ्चालन हुन सके थप सम्भावनाहरु उजागर हुने जानकारहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *