२०७६ चैत्र २८, शुक्रबार
Follow Us on:

दार्चुलामा ८१ हजार भन्दा बढि सीम कार्ड वितरण

ललित सामन्त
दार्चुला: नेपाल टेलिकम दार्चुलाले हालसम्म ८१ हजार ७ सय ८७ वटा सीम कार्ड वितरण गरेको छ। टेलिकम दार्चुलाले स्काइ प्रिपेड, स्काइ पोष्टपेड, नमस्ते प्रिपेड र नमस्ते पोष्टपेडतथा सि फोनका सीम वितरण गरेको हो ।

नेपाल टेलिकम दार्चुलामा आधिकारीक रुपमा इन्ट्री भएर वितरण गरेका सीमहरुमा सबै भन्दा बढि नमस्ते प्रिपेड रहेका छन् । नमस्ते प्रिपेडका ४५ हजार ३ सय ७७, स्काइ प्रिपेडका ३४ हजार ३ सय ७५ स्काइ पोष्टपेड ८ सय ७१ नमस्ते पोष्टपेड १सय ६१ वटा र सि फोन तर्फ १ हजार १३ सीम वितरण भएको टेलिकम दार्चुलाले जनाएको छ ।

टेलिकम बाहेक दार्चुलामा अन्य ठाउँहरुबाट समेत सीम कार्ड वितरण हुने गरेको छ । नेपाल टेलिकमको क्षेत्रीय कार्यालय, र काठमाण्डौबाट ल्याएर समेत दार्चुलामा व्यापारीहरुले सीम वितरण गर्ने गरेका छन् ।

टेलिकमकै रेकर्ड हेर्ने हो भने, जिल्लाका हरेक व्यक्तिको हात हातमा सीम पुगेको टेलिकम प्रमुख कृष्ण कहादुर गुरुङले जानकारी दिनु भएको छ । नेपाल टेलिकमका सीमहरु नेपाल भन्दा बढि पिथौरागढ जिल्लामा समेत बढि खपत भइरहेको छ । पिथौरागढ देखि कालापानी सम्म नेपाली सीमको प्रयोग छ ।

भारत भन्दा नेपाल टेलिकमको पहुँच बढि रहेको कारण भारतमा समेत नेपाली सीम गएको हो । हाल व्यापारीमार्फत नेपाली सीम भारतमा विक्री हुने गरेको हो । भारतीय बजार पिथौरागढ, मुन्स्यारी, धारचुला, लगायतका क्षेत्रमा विसिएनल भन्दा पनि नेपाल टेलिकमका नमस्ते प्रिपेड र स्काइ प्रिपेडको कभरेज बढि रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *