२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

२४ क्यारेट सुनको टिभी सार्वजनिक

काठमाडौं: तपाईले आफ्नो जीवनमा धेरै किसिमको टिभीहरु त देख्नु भएकै होला, तर अहिलेसम्म २४ क्यारेट सुनको टिभी देख्नुभएको छ ?

हो, भर्खरै ब्रिटेनको एक्वाभिजन (Aquavision) नामक कम्पनीले २४ क्यारेट सुनको टिभी सार्वजनिक गरेको छ । प्रायः यस कम्पनीले यस्तै लक्जरी टिभीहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीले हैरोड्स नामको एक नाइट्सब्रिज स्टोरमा सुन जडित यस टिभीलाई विक्रीको लागि राखेको छ ।

कम्पनीले यस टिभीलाई शुद्ध सुनबाट बनाएको हो । यस टिभीको स्पेसिफिकेसन्स पनि निकै उत्कृष्ट रहेको छ ।

यसमा एलईडी स्क्रिन (LCD Screen) दिइएको छ । यसको विशेष फिचर्स भनेकै १०० इञ्चको यो टिभी वाटरप्रुफ हो । त्यस्तै यसमा फोर के (4K) डेफिनिसन दिइएको छ, जसले क्लियर तस्वीरको अनुभव दिलाउनेछ । यस टिभीको साउण्ड सिस्टम पनि निकै उत्कृष्ट दिइएको छ ।

यस टिभीको बजार मूल्य १,०८,००० पाउण्ड तोकिएको छ । नेपाली बजारमा यस लक्जरी टिभीको मूल्य एक करोड ६० लाखको हाराहारीमा पर्छ ।

कम्पनीले धनाढ्यहरुलाई मध्यनजर गर्दै यो टिभी बजारमा ल्याएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *