२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

फेसबुकले ल्याउदै नयाँ नियम, अब लाइक गर्न नपाइने

एजेन्सी – फेसबुक एक सामाजिक सञ्जाल हो । जसले बिश्वभरका मानिसहरुलाई एकत्रित गर्न सहयोग गरेको छ । बिश्वको जुनसुकै कुनाको समाचार क्षणभरमै संसारभर पु्र्याउन फेसबुक सहयोगी बनेको छ । अहिले मानिस फेसबुक बिना कल्पना समेत गर्न नसक्ने अवस्थामा पुगेको छ । फेसबुकमा आफुलाई मनलागेका बिचारहरु र तस्बिरहरु पोष्ट गर्ने गरिन्छ । फेसबुकमा गरिएको पोष्टलाई लाइक आएमा हामिले निकै राम्रो मान्दछौ ।

लाइक फेसबुकको एउटा लोकप्रिय फिचर हो । फेसबुकमा लाइक प्राप्त भएमा पोष्ट लोकप्रिय भएको मानिएको छ । यसैक्रममा अब भने फेसबुकले नयाँ नियम ल्याउने भएको छ । अब फेसबुकले लाइक बटम हटाउने भएको छ । फेसबुकले अब लाइक हटाउने बारे परीक्षण शूरु गर्न लागेको छ । फेसबुकले गर्ने परीक्षणका क्रममा अब प्रयोगकर्ताहरुले कम लाइक देख्न पाउनेछन् । फेसबुक पोष्टमा लाइक गर्नेहरुको संख्या देखिनेछैन । अब लाइक्सलाई लोकप्रिय ठान्ने र का लाइक आउदा पोष्ट डिलिट गर्ने प्रवृत्ति हट्नेछ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *