२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

सन्दीप लामिछानेकाे टाेली जमैका तलावाज सेमिफाइनलमा

काठमाण्डौ : क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सकिएको खेलमा गुयाना अमेजन वारियर्स ६ विकेटले विजयी भएसँगै जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै जमैका सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।

बिहान भएको खेलमा अमेजनले बारबाडोस ट्रीडेन्टस्लाई हरायो । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौँथौ‌ स्थानमा छ । पाँचौ‌ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल पुग्छन् ।

शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको अमेजनको १० खेलबाट १२ अंक छ । यसअघि वर्षाका कारण खेल नतिजाविहीन भएपछि जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग अंक बाँडेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *