२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

सिपिएलमा सन्दीपले लिए लगातार दोस्रो खेलमा विकेट

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन सफल भएका छन्।

जमैका तलावाजका बलर सन्दीपले शुक्रबार बिहान ट्रिन्बागो नाइटराइडर्सविरुद्धको खेलमा एक विकेट लिए।

सन्दीपले ट्रिन्बागोका ओपनिङ ब्याट्सम्यान सुनील नारिनको विकेट लिएका हुन्। ५३ रन बनाएर खेलिरहेका सुनीललाई सन्दीपले कार्लोस बाथवेटको हातबाट क्याच गराए। खेलमा सुनील प्लेयर अफ दि म्याच भए।

सन्दीपले चार ‌ओभर बलिङ गर्दा ३० रन दिए। सन्दीपले ८ बल डट फ्याँक्दा २ चौका र १ छक्का दिए। यसअघि सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा पनि एक विकेट लिएका थिए।

शुक्रबार ट्रिन्बागोविरुद्ध सन्दीपबाहेक जमैकाका फिडेल इडवार्ड र मुजिब उर रहमानले पनि १-१ विकेट लियो।

तर खेलमा जमैकाले ट्रिन्बागोलाई ७ विकेटले हरायो।

जमैकाले दिएको १३६ रनको लक्ष्य उसले ३ विकेटको क्षतिमा पूरा गर्‍यो। ट्रिन्बागोका लागि सुनील नारिनले सबैभन्दा भढी ५३ रन जोड्दा कोलिन मुनरोले नटआउट ४९ रनको योगदान दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा बढी ४२ बलमा ५८ रन जोडे। यस्तै आन्द्रे रसेलले २५ रन र असिफ अलीले २२ रनको योगदान दिए।

जारी लिगमा जमैकाको यो पहिलो हार हो। यसअघि पहिलो खेलमा उसले सेन्ट लुसियालाई हराएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *