२०७७ कार्तिक १२, बुधबार
Follow Us on:

यूएईमा आइपीएल हुने पक्का, भारत सरकारले दियो अनुमति

एजेन्सी :  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट यूएईमा हुने पक्का भएको छ ।

कोरोना भाइरसको महामारीले भारतमा हुन नसकेको १३औँ संस्करणको आइपीएल यूएईमा गर्न भारत सरकारले अनुमति दिएको छ ।

आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको थियो । बीसीसीआईको उक्त प्रस्ताव भारत सरकारले स्वीकार गरेको हो ।

आईपीएल यूएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा पहिलो चरणको खेलहरु यूएईमा भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *