२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

कोरोना त्रास: फुटबल गतिविधि स्थगन गर्ने तयारीमा एन्फा

काठमाडौं: कोरोना संक्रमण विश्वभर फैलदै गएपछि विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले एसियामा हुने फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तरगतका खेल रोक्न परिपत्र गरेसँगै नेपाल र अस्ट्रेलियाबीचको खेल तत्कालका लागि सर्ने भएको छ ।

फिफा र एएफसीले बिहीबारै तत्काल एसियामा हुने खेल रोक्न परिपत्र गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उक्त विज्ञप्तिलाई सदर गर्दै अस्ट्रेलिया र चाइनीज ताइपेइसँगको खेल रोकिएको बताएको छ ।

यस्तै, नेपालभित्र हुने फुटबलका गतिविधि पनि तत्कालका लागि रोकिने एन्फा स्रोतले खबरहबलाई जानकारी दियो ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि एन्फाले तत्काल हुने तय भएका सबै प्रतियोगिता रोक्ने तयारी गरेको हो ।

पहिलो पटक हुने तय भएको महिला फुटबल लिग सर्ने छ भने राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग समेत सर्ने सम्भावना रहेको एन्फा स्रोतले बताएको छ । एन्फाले कुन–कुन प्रतियोगिता रोक्ने भन्ने विषयमा आजै विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *