२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

आईसीसको टी–२० वरियतामा नेपाल ३ स्थान तल झर्यो

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० विश्व वरियतामा नेपाल ओरालो लागेको छ । मंगलबार आईसीसीले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ३ अंक तल झर्दै १५ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १२ औं स्थानमा थियो । नेपाल १५ औं स्थानमा झर्दा स्कटल्यान्ड, आयरल्यान्ड र युएई क्रमश: १२, १३ र १४ औं स्थानमा छन् ।

पछिल्लो समय तीन टी–२० प्रतियोगिता खेल्दा कुनै पनि प्रतियोगितामा राम्रो नतिजा हात पार्न सकेको छैन । अहिले नेपाली टोली थाइल्यान्डमा जारी एसीसी इस्टन रिजन टी–२० क्रिकेट कप खेलिरहेको छ । इस्टन रिजनमा शुरुवाती दुई खेल खेलेको नेपाल पराजित भएको छ ।

यसअघि स्कटल्यान्ड, आयरल्यान्ड र युएई नेपालभन्दा पछाडि थिए । शीर्ष ५ टोलीमा पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत र दक्षिण अफ्रिका रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *