२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

त्रिकोणात्मक सिरिजः करणले लिए ओमानको दोस्रो विकेट

काठमाडाैँ : घरेलु मैदानमा ओमानविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न उत्रेको नेपाललाई करण केसीले दोस्रो विकेट सफलता दिलाएका छन्। करणले  पहिलो ओभरमै नेपाललाई पहिलो विकेट सफलता दिलाएका थिए। 

ओपनिङ बलिङ गर्न आएका करणले ओभरको अन्तिम बलमा ओमानका ओपनर जतिन्द्र सिंहको विकेट लिएका हुन्। ओमानले  ७ ओभरको खेल चलिरहदा २ विकेटको क्षतिमा २२ रन जोडेको छ। 

खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्।

लिग-२ को सिजिज प्रतियोगिता भनेको सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका पनि हो। जसमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्। टोलीका शीर्ष ३ टोली सोझैं विश्वकप छनोट चरणमा पुग्नेछन्। 

समुहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ। नेपालको भने सि‍रिजमा यो पहिलो खेल हो। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *