२०७७ साउन २९, बिहिबार
Follow Us on:

दक्षिण अफ्रिकी पूर्व कप्तान अमला ईपीएल खेल्न नेपाल आउने

काठमाडौं: एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न दक्षिण अफ्रिकाका पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान हसिम अमला नेपाल आउने भएका छन् ।

ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार रहेको बताएका छन् ।

‘कुन टिमबाट खेल्ने भन्ने निश्चित भइसकेको छैन । तर, हसिम अमला ईपीएल खेल्न तयार छन्,’ अख्तरले भने ।

अख्तरले अमला कुन टोलीबाट खेल्ने भन्ने २–४ दिनभित्र निश्चित भइसक्नेसमेत बताएका छन् । अमलाले दक्षिण अफ्रिकाका लागि टि–२० डेब्यु अस्ट्रेलियाविरुद्धको खेलमा सन् २००९ मा गरेका थिए । त्यस्तै, उनी टेस्ट, एकदिवसिय र टि–२० गरि तिनै फर्म्याटका उत्कृष्ट ओपनर हुन् ।
आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने प्रावधान बनाएको छ ।

अमलासँगै यो संस्करणको ईपीएलका लागि क्यारेबियन देश वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल पनि आउने सम्भावना रहेको बताएका छन् । ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *