२०७७ साउन २९, बिहिबार
Follow Us on:

सर्वाधिक विकेट लिने विश्वका ५ खेलाडीको सूचीमा सन्दीप १ नम्बरमा, करण तेस्रो

काठमाडाैं : टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यस वर्ष सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका दुई खेलाडीले स्थान बनाएका छन् ।

सन् २०१९ मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका शीर्ष पाँच खेलाडीमा नेपालका २ खेलाडी परेका हुन् । नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने र करण केसी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा परेका छन् । सन्दीप र करणले सन् २०१९ मा समान २८/२८ विकेट लिएका छन् । शीर्ष स्थानमा रहेका सन्दीपले १६ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । नेदरल्याण्डका ब्राण्डन ग्लोभर २८ विकेटसहित दोस्रो स्थानमा छन् । उनले १९ खेलमा २८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिएका हुन् ।

यस्तै तेस्रो स्थानमा रहेका करणले १९ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । चौथो स्थानमा आयरल्याण्डका मार्क अडेयर रहेका छन् । उनले १७ खेलमा २७ विकेट लिएका छन् । १८ खेलमा २७ विकेट लिएका नेदरल्याण्डका पाउल भान मेकेरिन रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *