२०७६ माघ ७, मङ्लबार
Follow Us on:

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यसअघिकै स्थानमा यथावत रहेको छ ।

बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ ।

दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छन भने नेपाल भन्दा तल बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ ।

यता, विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमै छ । भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *