२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

साग पुरुष फुटबल: श्रीलंका विरुद्धको पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत श्रीलंकाविरुद्धको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १(० को अग्रता बनाएको छ ।

खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भए ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले श्रीलंका विरुद्धको खेलमा सुनिल बलको स्थानमा रेजिन सुब्बालाई स्थान दिएका थिए ।

नेपालले पटक–पटक पाएका गोल अवसर गुमाउँदा पहिलो हाफमा १–० को मात्रै अग्रता बनाएको हो ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *