२०७६ मंसिर २३, सोमवार
Follow Us on:

दक्षिण एसियाली खेलकुद: नेपालले पूरा गर्‍यो १०० स्वर्ण

nepal

काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत अहिलेसम्मका संस्करणमा गरी नेपालले १०० स्वर्ण पदक पूरा गरेको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाटै शुरु भएको सागमा नेपालले तस्रो पटक १३ औं संस्करणको आयोजना गर्दा १०० पदक पूरा गरेको हो ।

नेपालका लागि १३ औं सागअन्तर्गत सक्षम कार्कीले  तेक्वान्दोको हेभी वेटमा ऐतिहासिक १०० औं स्वर्ण पदक दिलाए ।

सागको १२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण पदक आफ्नो नाममा दर्ज गरिसकेको थियो ।   नेपालले यसपटकको १३ औं सागमा मात्रै २९ स्वर्ण पदक प्राप्त गरेको छ ।

दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *