२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

साग तेक्वान्दो: पार्वती र आयशाले थपे २ स्वर्ण, पदक तालिकामा नेपालको ९ स्वर्ण

काठमाडौं: नेपालले जारी १३ औं साग अन्तर्गत तेक्वान्दोमा पनि थप दुई स्वर्ण पदक बटुलेको छ ।

ललितपुरको सातदोवाटोस्थित तेक्वान्दो मुख्यालयमा जारी खेलमा नेपालकी दुई खेलाडी पार्वती गुरुङ र आयशा शाक्यले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

नेपालका लागि पार्वती गुरुङले २३ देखि २९ बर्षको उमेर समुहमा श्रीलंकाली खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । जसमा उनले ८ दशमलव २५० अंक प्राप्त गरिन ।

रजत जितेकी श्रीलंकाली खेलाडीले ८ दशमलव १४० अंक हासिल गरिन । तेस्रो स्थानमा भारतीय खेलाडी रहे ।

यसैगरी २९ बर्ष माथिको पुम्सेमा नेपालकी आयशा शाक्यले पनि स्वर्ण पदक जित्न सफल भएकी छिन् । शाक्यले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

पार्वती र आयशाको योगदानसहित तेक्वान्दोमा नेपालले ४ स्वर्ण पदक जितेको छ ।

योसहित नेपालले पदक तालिकामा कुल ९ स्वर्ण , २ रजत र १ काँस्य पदक जित्न सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *