२०७६ फाल्गुन १०, शनिबार
Follow Us on:

यौनका बिषयमा केही रोचक तथ्य

सभ्यताको विकासका साथ साथै सेक्सका सम्वन्धमा सामाजिक रीति विकास भयो र नैतिक मानदण्ड स्थापित भयो । यसलाई हामी ऐतिहासिक समाजशास्त्रीय सन्दर्भमा बुझन सक्छौँ ।

जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका पुराण र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय वर्जित नै छ । अझै पनि मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका कुरा गर्दा लोकको लाज मान्नु पर्छ भन्ने हाम्रो समाजको प्रचलन छ ।

त्यसैले होला यौनका विषयमा कुरा गर्न त्यती सहज मानिँदैन । अझ यौनलाई धर्मसँग जोड्ने पनि गरिन्छ । यौन बारे कुरा गर्दा वा यौन सम्बन्ध राख्दा धर्म विरुद्ध हुने समेत कतिपय मानिस ठान्छन् । तर त्यही धर्मका पुराना ग्रन्थहरुमा यौन सम्बन्धबारे गरिएका कुरा धेरैलाई जानकारी नहुन सक्छ ।

हिन्दुहरुको चर्चित हिन्दु धर्मग्रन्थ महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको बताइएको छ।

त्यसैगरी महाभारतमै खुलेआम यौन सम्बन्धको चर्चा छ । यसमा उत्तमाका छोरा दीर्घतमाले मानिसहरुको अगाडी एक स्त्रीसँग यौन सम्बन्ध राखेको चर्चा पनि छ ।

अर्को एक धर्मग्रन्थमा महाराजा रञ्जीतको बारेमा चर्चा गर्दै भनिएको छ कि उनलाई अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न मन पर्थ्यो ।

बैदिक कालमा मानिसहरु ‘घटकंचुकी’ नामको खेल खेल्थे । त्यसो त पौराणीक कालिन तस्बिरले पनि यौनका कुरा खुलाएको देख्न सुन्न पाइन्छ । यौन खेलमा संभ्रान्त पुरुष र महिलाबीच सार्वजनिक यौन क्रिडा हुन्थ्यो । सामूहिक यौन क्रिडा गरेर अरुलाई आनन्द दिने यो खेलमा हरेक पुरुषले हरेक महिलासँग यौन सम्बन्ध राखेपछि मात्र समाप्त हुने नियम हुन्थ्यो ।

ऋषि बसिष्ठकी छोरी शतरुपाले आफ्ना पितालाई नै पति मानेर यौन सम्बन्ध राख्न तयार भएको समेत धर्मग्रन्थमा उल्लेख छ ।

धर्म शास्त्रका अनुसार नारदको जन्म दक्षले आफ्नी छोरी आफ्ना पिता अर्थात छोरीका हजुरबुबालाई कन्यादान गरेपछि भएको थियो । उनी हजुरबुबा र नातिनीको सम्बन्धका उपज थिए ।

महाभारतमा लेखिएको छ कि अर्जुनसँग कुरा गर्दै उलुपीले कुनै पनि स्त्रीको यौन इच्छा पुरा गर्नका लागि उसँग रात विताउनु धर्म विपरित नहुने भनेको प्रसंग छ ।

महाभारतमा कुनै पनि अविवाहित स्त्रीले यौन सम्बन्ध राख्ने इच्छा देखाएमा पुरुषले यौन सम्बन्ध राख्नु जायज हुने उल्लेख छ । स्त्रीको रहर पुरा गर्दा धर्म रक्षा हुने मानिएको छ ।

ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीकोबीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । यो चर्चा ऋग्वेदको मंडल १०, सूक्त १०, स्तोत्र १ देखि १४ सम्म छ ।

महाभारतमा भनिएको छ कि जव अंगदेशमा कर्णको राज थियो त्यतिबेला महिला र बच्चाहरु यौन सम्बन्ध राख्नका लागि बेचिने गरेको उल्लेख पनि छ सरोकार वालाहरु भन्छन् ।

महाभारतको ‘आदिपर्व’ को ६३ औँ अध्यायमा पाराशर ऋषि र मत्स्यगन्धा सत्यवतीका वीच खुला स्थानमै संभागको बर्णन गरिएको छ । ‘आदिपर्व’ को १०४ अध्यायमा भनिएको छ कि उत्थतका पुत्र दीर्घतमाले सबै मानिसका सामुन्नेनै स्त्रीका साथ संभोग शुरु गरेका थिए । यसै पर्वको ८३ औ अध्यायमा गुरु पत्नीका साथ संभोग गर्नु, पशुहरुका समान यौन क्रीडा गर्ने मलेच्छ मानिसहरुको वर्णन गरिएको पनि पाइन्छ ।

आधुनिक इतिहासमा यो बर्णन गरेको पाईन्छ कि महाराजा रणजीत सिँह हात्तीको हौदमा सबका अगाडी संभोग गर्ने गर्थे । पुणेमा बाजीरावको जमानामा ‘घटकचुकी’ नामको एक खेल खेलिन्थ्यो । अभिजात बर्गका छानिएका स्त्री पुरुष रंगमहलमा जम्मा हुन्थे । त्यहाँ महिलाहरुको चोली एक घैँटोमा हालिन्थ्यो र फेरी जुन पुरुषलाई जुन स्त्रीको चोली हात पथ्र्यो उसले सबैका सामुन्ने त्यस स्त्रीका साथ संभोग गथ्र्यो ।

यस प्रथाको प्रचलन कर्नाटक प्रदेशमा भारत स्वतन्त्र हुनु भन्दा केहि पहिले सम्म थियो । सामुहिक संभोग (Group Sex) यस्तो आयोजनामा उमेर नातापाता जातिपाती केहि हेरिदैनथ्यो । प्राचीनकालमा तमिल पनि खुलारुपमा सेक्स गर्थे । इतिहासका जनक मानिने हेरोडेट्सले शकहरु जब उनमा संभोगको इच्छा जाग्थ्यो उनिहरुले खुलारुपमा संभोग गर्थे । वेदहरुमा यज्ञभूमिमा सामूहिकरुपमा कामक्रीडा गरिएको वर्णन पाईन्छ ।

कौटन्बिक सेक्स (इन्सेक्ट) को पौराणिक ग्रन्थहरुमा धेरै पाईन्छ । ‘हरिवंश’मा महर्षि वशिष्ठकी छोरी शतरुपाले उनलाई पति मानिन र उनीसंग यौन संबन्ध स्थापित गरिन । यसै ग्रन्थमा लेखिएको छ कि दक्षले आफना छोरी आफना पिता ब्रह्मदेवलाई दिए जस्बाट नारदको जन्म भयो ।

‘हरिभविष्य पर्व’मा ईन्द्रले आफनो नाति जन्मजेयकी पत्नी वपुष्टमासंग संभोग गरेको उल्लेख छ । ‘हरिवंश’ मा नै सोमका पुत्र दक्ष प्रजापतिले आफनी छोरीहरु पितालाई दिएको उल्लेख छ । जब जन्मजेयले यस कृत्यलाई अनैतिक भने तब महर्षि वैंशपायनले यसलाई प्राचीन रीति बताए ।

महाभारतको आदिपर्वमा यदि कामातुर स्त्री एकान्तमा यौन सम्वन्ध गर्ने ईच्छा प्रकट गर्छ भने त्यसलाई पूरा गर्नुपर्छ होईन भने धार्मिक दृष्टिकोणबाट यो भ्रूण हत्या हुनेछ । उलुपी अर्जुनसंग स्पष्ट भन्छिन्- ‘स्त्रीको इच्छा पूर्तिका लागि एक रात संभोग गर्नु अधर्म होईन ।’

पौरव वंशकी जननी उर्वशी अर्जुनप्रति कामासक्त भईन् । उनले अर्जुनसंग भनिन पुरु वंशका जो पुत्र या पौत्र इन्द्रलोकमा आउछन् उनिहरु मसंग रति-क्रीडा गर्छन । यो अधर्म होईन । अर्जुनले उनको याचना स्वीकार गरेनन् तब उर्वशीले उनलाई नपुंसक बन्ने श्राप दिईन् । ‘वनपर्व’मा योपनि उल्लेख गरेको पाईन्छकि महर्षि अगस्त्यले आफनी कन्यालाई विदर्भका राजा कहाँ राखे,जब उनी विवाह योग्य भईन तब स्वयं उनैसंग विवाह गरे ।

‘ऋग्वेद’को दशौँ मंडलमा यम–यमी संवाद त्यस समयमा प्रचलित यौन संबन्धको परिपाटी बुझन निकै महत्वपूर्ण छ । यमी आफनो भाईसंग यौन संबन्ध बनाउने इच्छा प्रकट गर्छिन् । यमले नमानेपछी उनले फेरी आग्रह गर्छिन र भन्छिन्- ‘भाई हुँदाहुँदै बहिनी अनाथ रहेर दु:ख भोग्नु पर्छ भने के काम भाईको ?

‘किं भ्राता सद्यदानार्थ भवाति।
किमु स्वसा यन्निर्ऋति र्नि गच्छात।।’

स्पष्ट छ, त्यस प्राचीन समयमा भाई बहिनीको नाता स्पष्ट निर्धारित भएको थिएन । भातृ शब्द ‘भृ’ बाट निस्केको हो, जसको अर्थ हो पालन गर्ने, भरण–पोषण गर्ने । पछि अपभंरश भएर भर्तार र भतार शब्द बन्यो जस्को प्रयोग पतिका लागि गरिन्छ ।

प्राचीन कालमा यौन संम्बन्धका बारेमा इतिहासकार लेर्तुनाले लेखेका छन्कि चिपेवे कहिल काहीँ आफनी आमा, दिदी बहिनी र पुत्रीहरुका साथ सेक्स संबन्ध स्थपित गर्थे । कादिएकीहरुमा भाई–बहिनी, पिता–पुत्रीका वीच खुलेआम यौन संबन्ध प्रचलित थियो । कारिब आमा र छोरीहरुका साथ संभोग गर्थे । प्राचीन आयरल्याण्डमा पनि आमा एवं दिदी बहिनीवीच यौन संबन्धको प्रचलन थियो ।

महाभारतको ‘आदिपर्व’मा उल्लेख छ कि यौन संबन्धको सीमाहरुको निर्धारण उद्दालकका पुत्र श्वेतकेतु गर्छन् ।

एक ब्राह्मण संभोग गर्नका लागि उनकी आमाको हात समाउछन तब उ क्रोधित हुन्छन तर उद्दालक भन्छन स्त्रीहरुव्दारा उन्मुक्त संभोग गर्नु धर्म अर्थात मान्य व्यवहार हो ।

समयको साथसाथ जसरी सभ्यता विकसित हुँदै गयो यौन संबन्धका बारेमा स्पष्ट निर्धारण र सीमांकन हुन थाल्यो तर महाभारत कालसम्म पूर्णरुपमा यस्तो हुन सकेन । कर्णले शल्यको निन्दा गर्दै मद्र देशका महिलाहरुका बारेमा भन्छन् त्यहाँका स्त्रीहरु जो सुकै पुरुषसंग संभोग गर्छन् चाहे उनको परिचित पुरुष होस या अपरिचित । उनिहरु फोहोर गीत गाउँछन्, रक्सी पिउछन र नग्न भएर नाँच्छन् । उनिहरु वैवाहिक विधिहरुबाट नियन्त्रित छैनन् । मद्र देशका युवतीहरु निर्लज्ज र विलासी हुन्छन् । दुर्योधनले कर्णलाई अंगदेशको शासक बनाएका थिए यसर्थ शल्य भन्छन् अंग देशमा महिलाहरु र बच्चाहरु बिक्री गरिन्छ ।

स्पष्ट छ, यौन संबन्धको नियमन सभ्यता र संस्कृतिको विकासका साथ क्रमिकरुपमा भयो । तर सेक्सको आदिम इच्छा समय–समयमा मनुष्यहरुमा बलवान हुँदै गयो ।

यसैकारण अहिले पनि हामी यस्ता यौनसंबन्धका बारेमा सुन्छौँ जस्लाई अवैध एवं अनैतिक भनिन्छ । कौटंबिक व्यभिचारका नजाने कति घटनाहरु प्रकाशमा आउछन् । सभ्य मनुष्यका लागि यस्तो संबन्ध ग्रहित छ तर बिर्सन हुँदैनकि सेक्स आदिम प्रवृत्ति हो । आदिम प्रवृत्तिले बेला बेलामा सिर उठाई रहन्छ नै । @ न्यूज अभियान

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *