२०७६ चैत्र २८, शुक्रबार
Follow Us on:

दार्चुलामा सम्पूर्ण कार्यालयका सेवाहरु बन्द !

ललित सामन्त

दार्चुला: दार्चुलाका सम्पूर्ण कार्यालयका सेवाहरु आइतवारदेखि २१ गतेसम्मका लागि बन्द भएका छन् । जिल्लास्थित कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदु नाथ पोडेलले जानकारी दिनुभयो ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गर्न निर्देशन दिएसंगै यहाँ पनि बन्द गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिनुभएको थियो । सेवा बन्द भएपनि कार्यालय भने खुलै रहने प्रजिअ पोडेलले बताउनुभयो ।

सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले भने यथावत् रूपमा आफ्नो काम गर्ने उहाँले बताउनुभयो । जिल्लास्थित टेलिकम, विद्युत,अस्पताल, हुलाक लगायतका सेवाहरु यथावत रहने जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *