२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

सरकार आफ्नै देश आउन हामीले कहिलेसम्म भारतिय भुमी प्रयोग गर्नेुपर्ने हो ?

ललित सामन्त
दार्चुला : सरकार आफ्नै देश आउन हामी कहिलेसम्म भारतिय भुमी प्रयोग गर्नेुपर्ने हो ? यो प्रश्न व्यास गाउँपालिकाका वडा नम्बर १ का योगेश बोहराले जिल्लाका जनप्रतिनिधि र स्थानीय सरकारलाई सोध्नु भएको प्रश्न हो । यो उहाँको मात्रै नभई व्यास गाउँपालिकाका अधिकाशं स्थानीयहरुको प्रश्न हो ।

हरेक वर्ष व्यास बासीको नाममा बाटो निर्माणमा बजेट आउँछ तर कहिल्यै त्यो बाटोमा हिड्न पाउँदैनौ । यसको निगरानी कसले गर्छ ? सिंहदरबारको अधिकार गाउँ आयो, स्थानीय सरकार बने तर स्थानीय सरकारले गत वर्ष लगानी गरेर बनाएको बाटो तीन महिना हिड्नलाई भएन यसको जिम्मेवार को हुन्छ, उहाँको प्रश्न थियो ?

व्यासका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना व्यास कुञ्चामा बसाई सराई गरेर बस्ने गर्छन् । हरेक वर्ष मंसिर महिनामा खलंगा झर्ने व्यासीहरु बैशाख जेठमा व्यास उक्लने गर्छन् । व्यासीहरु सदरमुकाम खलंगा झर्ने तयारी भइरहेको बेला व्यास बासीले आफ्नै जिल्ला सदरमुकाम खलंगा आउन भारतिय बाटो प्रयोग गर्नु पर्ने हुन्छ । यो आजको मात्रै समस्या नभई कयौ वर्षदेखिको समस्या भएको र त्यसमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै उनीहरु आक्रोश भएका हुन् ।

वषौ देखि भारतीय बाटो भएर हिड्यौ, सिंहदरबार गाउँ आयो भन्छन्, स्थानीय सरकार बन्यो अहिले पनि भारतीय बाटो प्रयोग गरेर कति सम्म परिजिवी बनाउँछौ, र कहिले सम्म यो बाटो बन्छ सरकार भनेर उनीहरुले ३ वटै तहका सरकारलाई यो प्रश्न फेरी एक पटक गरेका छन् ।

व्यासका स्थानीय भैरव ऐतवालले यो हाम्रो समस्या कसले बुझ्छ भन्दै उहाँले आक्रोश समेत पोख्नु भयो । सरकारले हाम्रो माग पुरा गर्न प्रतिवद्ध हुने हो भने दार्चुला तिंकर सडक भएर गाउँ जाने सपना धेरै टाढाको कुरा नरहेको वीरमा बोहराले भन्नुभयो, त्यहाँ उत्पादन भएको स्याउँ बजारमा ल्याएर बेच्न सके देश र आफ्नो आर्थिक सम्बृद्धिको सपना पूरा हुँने उहाँको भनाई छ तर बाटोकै कारण त्यो सपना पुरा भएको देख्न पाउँदैनौ कि भन्नेमा उहाँको चिन्ता छ । अब त सरकारसंग हाम्रो लागि विकास गर्न पैसानै छैन जस्तो लाग्न थालेको उहाँ बताउनु हुन्छ ।

साथै सबै व्यासबासीको एउटै माग आफ्नो देशबाट आफ्नो बस्ती जान भारतिय भुमी प्रयोग गर्न नपरोस् भन्ने नै हो । उनीहरुले जसरी पनि बाटो निर्माण गर्न सरोकारवाला निकायसंग पुन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *