२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

दार्चुला व्यासको राप्लामा अबरुद्ध नमस्ते फोन सेवा पून: सुचारु

ललित सामन्त

दार्चुला: विगत केही देखि बन्द रहेको जिल्लाको व्यासँ गाउँपालिका राप्लामा रहेको नेपाल टेलिकमको नमस्ते टावर बुधबार बाट फेरी सञ्चालनामा आएको छ ।

व्यास गाउँपालिका वडा नं २ रिपुधारमा रहेको नेपाल टेलिकमको नमस्ते टावर गत कार्तिक ७ गते बाट सुचारु भएपनि केही प्राविधिक समस्याका कारण फेरी अबरुद्ध बनेको नमस्ते टावर बुधबारबाट फेरी सुचारु भएको गाउँपालिकाले जनाएको छ ।

उक्त टावरका लागी ब्यास गाउँपालिकाले गत आर्थिक बर्षमा साढे ३ लाख लगानीमा ब्याट्री राख्ने घर बनाएको थियो भने बाकि सम्पुर्ण लगानी नेपाल टेलिकमको रहेको छ । ब्यास गाउँपालिकाको अध्यक्ष पदका लागी नमस्ते टावर सञ्चालन गर्ने चुनावि प्रतिबद्धता पुरा गरेको अध्यक्ष बुढाथोकीको भनाई छ । “कैचुलाको स्काई टावरले हैरानि खेपीरहेका ब्यास बासिहरुलाई अध्यक्ष पदमा जिताए नमस्ते टावर सञ्चालन गर्ने प्रतिबद्धता गरेको थिए ।

सन् २०२२ मा नेपाल टेलिकमको स्काई फोन फेज आउट हुने भएकाले नेपाल टेलिकमले नमस्ते फोन सेवा विस्तार गरिरहेको छ । यसै अन्तरर्गत व्यास गाउँपालिकाको राप्लामा नेपाल टेलिकमको टु जी प्रिपेड सेवा अन्र्तगतको नमस्ते टावर सञ्चालनमा ल्याइएको हो ।

नमस्ते फोन सेवा सुचारु भएपछि ब्यास गाउँपालिकाको वडा नं २ राप्ला, वडा नं को सिना, तुसारपानी, वडा नं ४ को सुन्सेरा र डोकट लगायत छिमेकि देश भारतको पागला गस्कु लगायतका बस्तीहरु लाभाम्बीत हुनेछन् । व्यास गाउँपालिका वडा नं २ राप्लाको रिपुधारमा रहेको नमस्ते टावर सञ्चालनका लागी २७ वटा सोलार प्यानल राखिएका छन् । ३ दिन सम्म घाम नलागे पनि टावरले काम गर्ने प्राविधीक सन्देश बर्तोलीको भनाई छ ।

कैचुलामा रहेको नेपाल टेलिकमको स्काई टावरले घाम लागेको दिनमा ९ बजे देखि राती १० बजे सम्म मात्रै काम गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *