२०७६ कार्तिक २९, शुक्रबार
Follow Us on:

पोखरामा अपहरण परे भन्दै झुठो सूचना दिएर प्रहरीलाई सास्ती दिने पक्राउ

पोखरा : अपहरणमा परे भन्दै झुठो सूचना दिएर प्रहरीलाई सास्ती दिने पोखरा ११ फुलबारीका ४२ वर्षीय नारायणप्रसाद पौडेल पक्राउ परेका छन् ।

पौडेलले प्रहरीलाई दुःख दिने नियतले झुठो सूचना दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए । पौडेलले असोज ४ गते ‘म अपहरणमा परे’ भन्दै कास्की प्रहरीलाई जानकारी गराएका थिए । उनको सूचनाको आधारमा अपहरणकारीको खोजतलासमा लगत्तै प्रहरी जुटेको थियो ।

त्यसको भोलिपल्ट नै उनी रुपन्देही पुगि स्थानीय प्रहरीलाई समेत आफू अपहरणमा परेको भन्दै सूचना दिएका थिए । रुपन्देही प्रहरीसँगको समन्वयमा कास्की प्रहरीले पौडेललाई उद्दार गरी आफन्तको जिम्मा लगाउन आग्रह गरेको थियो ।

प्रहरी सुरक्षामा कास्की आइपुगेका पौडेल अपहरणमा नै नपरी झुठो सूचना दिएको खुल्न आएपछि उनिमाथि नै प्रहरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीको अनुसन्धानमा कसैले अपरहण गरेको नभई लेनदेनको विषयमा लिएर आफ्नो विपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुलेको प्रवक्ता केसीले बताए। पौडेललाई नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *