काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८४ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ सय २ सय ९६ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ९३ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९५ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ३३ हजार ६ सय २३ पुगेको छ । यसमध्ये काठमाडौमा २६ हजार ७ सय १७, ललितपुरमा ३ हजार ४ सय ३३ं जना र भक्तपुरमा २ हजार ८ सय ४ जना संक्रमित छन् ।