२०७६ चैत्र २६, बुधबार
Follow Us on:

धादिङ आगिञ्चोकका १२ जनाले कांग्रेस छोडे, नेकपा प्रबेश

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक छापथोकका १२ जनाले कांग्रेसपार्टी परित्याग गरि नेकपा प्रबेश गरेका छन् । नेपाली काँग्रेसको निकै राम्रो संगठन भएको क्षेत्रको रुपमा चिनिने सोक्षेत्रबाट कार्यकर्ता आर्कै पार्टीमा प्रबेश गर्नुले कांग्रेसलाई झड्का लागेको छ ।

नेपाली काङ्ग्रेसका सक्रिय पार्टी सदस्य रेशम बहादुर भण्डारीको नेतृत्वमा नेकपा प्रवेश गर्नेहरु जित बहादुर बि. क., साने परियार, तिलक बहादुर बुर्लाकोटी, अर्जुन बहादुर शाह, पदम बहादुर शाह, तारा बहादुर भण्डारी, रुपा कुमारी भण्डारी, कान्छी भण्डारी, रजनी कुमारी भण्डारी र कृष्ण बहादुर बुर्लाकोटी रहेका छन् । उनीहरुलार्ई गाउँपालिकाका प्रमुख एवम् नेकपा धादिङका नेता शम्भुकुमार थापाले टिका र अविर लगाई पार्टी प्रवेस गराएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *