२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

धादिङमा बालुवा सहितको टिफर भित्र लुकाएर काठ तस्करी गर्ने २ पक्राउ

काठसहित पक्राउ परेका तिमिल्सिना

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रुपमा बालुवा सहितको टिफर भित्र लुकाएर काठमाडौँ तर्फ ल्याउदै गरेको सालको काठ सहित २ जनालाई पक्राउ गरेको छ । टारिबेशी हुदैँ बालुवा भित्र लुकाएर काठमाडौँ तर्फ ल्यादैँ गरेको बा ५ ख १८४९ नं. को टिफरलाई नीलकण्ठ नगरपालिका वडा नं ८ साँघुटारबाट राती साँढे १० बजे नियन्त्रणमा लिएको हाे । पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने हिरालाल तिमिल्सिना र नारायण विश्वकर्मा रहेका छन् । विश्वकर्मा भने टिफर चालक हुन् ।

नियन्त्रणमा लिईएका २ जना, सहित काठ र टिफरलाई जिल्ला वन कार्यालय धादिङमा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले जानकारी दिए । टिफर भित्र सालको काठले बनेको तयारी ढोकाको चौकस ७ थान‚ ठुलो झ्यालको चौकस ५ थान र सानो झ्यालको चौकस २ थान गरी अं.३६ क्यू.फिट अवैध काठ भेटिएकाे प्रहरीले जनाएको छ । यस बिषयमा जिल्ला वन कार्यालय धादिङका प्रमुख जिवनाथ पौडेलसंग जानकारी लिदाँ उनीहरुलाई ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेकाे बुझिएको छ ।

वडाध्यक्षले अबैध सिफारीस दिएको खुलासा
काठ तस्करीमा पक्राउ परेका अभियुक्त तिमिल्सिनालाई छुटाउन त्रिपुरा सुन्दरी गाउँपालिका ७ का वडाध्यक्ष देवराज धरेलले वडाबाट अवैध सिफारिस गरिदिएको पाइएको छ । उनले तस्करीलाई सहयोग गर्नका लागि ‘पुरानो घर भत्किएको काठ काठमाडौं’ लैजान समन्वय गरिदिन भन्दै गाउँपालिकामा चिठी पठाएको पाइएको छ । यस विषयमा धरेलले आफुले सिफरिस दिएकोे स्विकार गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *