२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

शहीदहरुको सम्झनामा प्रदेश नम्बर २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुरधाम: मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज (माघ ५ गते) प्रदेश नम्बर २ मा बलिदानी दिवस मनाइँदैछ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन् ।

दिवसको अवसरमा प्रदेश २ सरकारले विरगंजमा औपचारिक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउँदै छ । कार्यक्रममा सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता छ ।

कार्यक्रमको अवसरमा शहीद परिवारलाई सम्मान गरिने छ । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *