२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

खोलामा लुगा धुन गएकी महिलाको दुबै स्तन काटिदिएपछि…

भोजपुर : अज्ञात समूहले भोजपुरको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *