२०७७ असार २६, शुक्रबार
Follow Us on:

सम्झनामा वुवा र त्याे कालो दिन !

बिजय राज बिष्ट

आज पुस २२ गते, मतलब यो दिन मेरो जीवनको कालो दिन, हाम्रो हासो खुशी सहारा, कुसल अभिभाबक गुमायको दिन, आमाको सिन्दुर पुछियको दिन , एक पाटिले आफ्नो एक राजनीतिककर्मी गुमायको दिन, समाजले एक समाजसेवी गुमायको दिन, मिति २०५८ पुस २२ गते आइतबार राती करिब नौ बजे मेरो बुबा स्व भैरब राज बिस्टको माओवादीले अत्यन्तै पाश्वविक तरिकाले हत्या गरे ।

यो दिन न सम्झन सकिन्छ र न बिर्सन नै , चालीस सुत्रीय मागको प्रारम्भमा नै राष्ट्रियताबाट सुरु गरेको माओवादी र उस्ले भन्ने गरेको जनयुद्धबाट के के परिबर्तन भयो त ? त्यो त उनीहरुको जीवन शैली, रहनसहन र राष्ट्रियताको सबालमा उनीहरुले उठाएका एजेन्डाबाट नै प्रष्ट पारी सक्यो।

माओवादीले गरेका हत्याहिंसालाई युद्द मान्ने हो भने युद्दको परिभाषामा घरमा सुतिरहेका निहत्था व्यक्तिलाई हत्या गर्नु , पढाई रहेका शिक्षकलाई हत्या गर्नु , गाडीमा यात्रारत यात्रुलाई बम विस्फाेट गरि हत्या, अपांग बनाउनु कस्तो युद्द हो यो बुझाउन सकिन्छ त कमरेड ? भिन्न बिचार, भिन्न राजनीतिक आस्था बोक्दा,चन्दा नदिदा निशानामा पारिनु के साच्चै युद्द थियो त ? यो साच्चै युद्द थियो देशलाई परिवर्तन यहि कारण भएको भए अन्तर्राष्ट्रिय समुदायसंग खुट्टा कमाउन पर्ने स्थिती किन आयो कमरेड ? युद्दको नियममा त दुबै तर्फका सैनिकलाई धावा बोलेर आक्रमण गर्नुलाई पो युद्द मानिन्छ, रातिको समयमा निहत्था व्यक्तिकाे हत्या गर्नु कस्तो युद्द थियो र यो युद्द के प्राप्तीका लागि थियो त ? माओद्धारा प्रतिपादित सिद्धान्तमा युद्दमा सर्वसाधरणलाई यातना नदिनु भन्ने निर्देशन छ तर यहाँ त वाद मात्र माओको थियो र गतिविधी हिस्रक गर्दै युद्द भनेको पाईयो । माओवादीको खोल फालेर पहिलै एमालेमा मिसिएका भए १७ हजार निहत्था व्यक्ति मारिनु पर्ने थिएन , यो मिसावट नेकपालाई बलियो बनाउन होला भन्ने मलाई लाग्दैन, यस्को प्रमुख उद्देश्य जुन वादको नाममा व्यक्ति हत्या भयो सोही वाद नै त्यागे पछि उक्त अपराधबाट उन्मुक्ती पाउने उपायमात्र उनीहरूले निकालेको मेरो बुझाई छ ।

युद्दको नाममा व्यक्ति हत्या गरि नाम फेर्दै अन्य पार्टीमा बसाइँ सर्दैमा उन्ले गरेका जघन्य अपराधबाट उन्मुक्ती मिल्यो भने देशमा शान्ति स्थिरता कायम होला भन्ने मलाई लाग्दैन, एक अपराधी खोल फालेर सत्ताको बागडोर सम्हाल्न पुग्नु मात्र शान्ती कायम हुनु होइन ?

युद्द गरेर जनतामा परिवर्तन भयो त, कोहि अभिभावकबिहिन बने, कोहि श्रीमान बिहिन बने, कोहि अपांग बने तर परिवर्तन पनि आयाे जनताकाे जीवनशैलीमा होइन नेताकाे जीवनशैली । जो युद्द गरे भन्छ्न उनीहरुको छोरा छोरी बुहारीमा परिवर्तन आयो, त्यो भन्दा अन्य परिवर्तन केमा आयो कमरेड ?

हिजो गाउँ घरतिर समय बिताउन तास खेलेकाहरुलाई तास च्यातेर खुबाउनेहरु आज कुन क्यासिनो तिर छन् कमरेड ? हिजो बाजागाजा सहित बिहे हुदा, थोरै खर्च गर्दा , दाइजो दिँदा सामन्तिको बिल्ला भिराउने, बाजागाजा प्रतिबन्ध गर्ने कमरेडका छोरीहरुको स्टार होटल मा बिहे हुन्छ्न, हिजो कोहिले बहुबिबाह गरिहाले भने भाटे कार्बाही हुन्थ्यो आज सोही भाटे कार्बाही गर्नेहरु नै सुरासुन्दरीसंग रमाउने, बहुबिबाह पनि उनीहरु र उनका छोराछोरीकै भएको देखिएकै छ । आखिर युद्दले परिवर्तन गरेको यहि होइन त ?

तपाईंले मान्दै गरेका नेताका पहिलाका तस्बिरहरु हेर्नुस र अहिलेका राजशीशैली हेर्नुस ,यी नवराजामा परिवर्तन कसरी आयो ? हो यहि परिवर्तन ल्याउन नै ति युद्द गरिएकाे थियो हाे कमरेड ? हिजो बैक लुटेका, चन्दा उठाएका, बोराका बोरा पैसाले कस्ताे समृद्धि आयाे कमरेड ?

युद्ध त राज्य सत्तासंग धाबा बोलेर आक्रमण गरिनुलाई पो भनिन्छ, लुकेर व्यक्तिकाे हत्याहिंसा गर्नु यो कस्तो युद्द थियो यस्को जबाफ दिने नैतिक साहस छ त कमरेड ? युद्दमा गल्ती भयो भन्ने शब्द हुदैन युद्दमा गल्ती भयो भनेर आममाफी पाएको विश्वमा कहि कतै थाह पाउन सकेको छैन जबसम्म देशमा अपराधीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार कार्वाही भोग्दैनन् तबसम्म देशमा शान्ति कायम हुन्छ भन्ने मलाई लाग्दैन ।

गम्भीर मानव अधिकार हनन र मानवता विरोधी अपराध जस्ता अन्तर्राष्ट्रिय कानुन उल्लघनमा मुछिएका व्यक्तिलाई विश्वकाे कुनै पनि मुलुकमा प्रकाउ गरेर आफ्नो अदालतमा मुद्दा चलाउने कानुनी प्रावधान छ, यदि नेपालबाट अपराधीले कानुन अनुसार कार्वाही भोगेनन् भने अन्तर्राष्ट्रिय समुदाय गुहार्नुको विकल्प देखिदैन । अपराधीलाई कार्वाही हुनु नै युद्दका नाममा मारिएका निहत्था नागरिक प्रती सच्चा श्रद्धाञ्जली हुन जान्छ । युद्दको नाम मारिनुभएका मेरो बुवा लगायत सम्पुर्ण बुबा आमा दाजुभाइ दिदिबहिनी प्रती हार्दिक श्रदासुमन ।

याे लेखककाे निजी विचार हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *