२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

राजनीतिक ध्रुवीकरणले निम्त्याएका कहरहरु

डा. नवीनबन्धु पहाडी

राजनीति सधैं साेझाे गणितले बुझिदैन । यसकाे अनुमान र पटाक्षेप दुबै अप्रत्यासित हुने गर्छ । हामीले साेचेजस्ताे सरल रेखामा राजनीतिकाे गतिशीलता रहँदैन । राजनीति अनुमान गरेजस्तो बाटाेमा पारदर्शी ढङ्गबाट चल्नका लागि दुरदर्शितापूर्ण नेतृत्व खाँचाे पर्छ । हाम्रोजस्तो सानाे मुलुकमा त्यस्ता नेतृत्वले हुर्काउने परिवेश नै छैन । नेतृत्व खारिनका लागि तीन मूलमन्त्रहरु छन् – पहिलाे अध्ययनशीलता , दाेस्राे जनस्तरमा रुझान र तेस्रो आशावादीता ।

हामी कहाँ भएका र हामीलाई शासन गरिरहेका ५ प्रतिशत नेताहरु पनि अध्ययनशील छँदै छैनन् । केही नेताकाे घर काेठामा देखाउनका लागि दराजमा केही थान किताब सजाएका त देखिन्छ तर त्यसभित्र के छ उनीहरुलाई नै थाहा हुँदैन । बिहानैदेखि अरिङ्गालकाे झुन्ड जस्ताे आसेपासेहरुबाट घेरिनु, दिनमा तस्कर ,कमिशन एजेन्ट,ठेकेदारहरुकाे चक्कर तथा तिनका अबैध कामकाे साछी बस्नु, बेलुका छिमेकी दुताबासकाे रात्रीभाेज,एनजिओ, आइएनजसओका सञ्चालकसँग रुटिङ मिलाएर रमाउनु हाम्रा नेताका आजका दिनचर्या हुन् । उनीहरुबाट जनताका आवश्यकता, युगकाे आवश्यकताकाे रुझान र मेलाे मेसाे नै छैन । अहिले पाएकाे साेहरिहालाै. भाेलि के हाे के हाे भन्ने उनीहरुकाे अवस्था छ र भविष्यप्रति विश्वास नै छैन । त्यसैले पनि नेताहरु पाएकाे घुस, कुर्सी तथा पद हत्तपत्त त्याग्दैनन । उनीहरुमा भाेलि त्यसै पस प्रतिष्ठा वा पैसा आइरहने विश्वास छैन । विश्वासका लागि हाम्रा नतामा न अध्ययन छ न जनस्तरमा रुझान नै छ । आशीर्वाद वा किनेर बनेका नेतृत्वमा भाेलि प्रतिकाे सपना र विश्वास नभएपछि आजै कमाउनुकाे उनीहरुले विकल्प देख्दैनन् । त्यसैले यहाँ भ्रष्टाचारले सीमा नाघिसकेकाे छ । हिजाे हजार लिनहरु आज निर्धक्क लाख र लाख लिनेहरु कराेडमा उक्लिसकेका छन् । जसलाई संस्थागत संरक्षण छ । हाम्राे राजनीति त्यसैले वर्षाकाे भल जस्तो बनेकाे छ ।

२०४६ देखि नै नेपालमा राजनीतिक अस्थिरताका लागि भारतले खेलिरहेकाे थियाे तर नेताहरुकाे उच्च कुटनैतिक चातुरीले सीमातीत भद्रगाेल बन्न पाएकाे थिएन । कृष्णप्रसाद भट्टराईकाे अडानले २०४७ सालकाे सम्विधानमा भारतले परराष्ट्र र सुरक्षा जिम्मा लिन पाएन । यसैकाे परिणाम उनलाई काँग्रेसबाट अलग्याइयाे । केही समय गिरिजाप्रसादलाई प्रयाेगकाे अभ्यास भयाे । सरकमर गिराउने ,बनाउने खेल निकै भयाे । काँग्रेस फुटाउने खेल पनि दुतावासकै थियाे । जसकाे लेखाजाेखा कुनैदिन इतिहासले गर्ने नै छ । अन्त्यमा गिरिजाप्रसादलाई कठपुतली बनाउन नसकिने भएपछि उनकाे राष्ट्रपति बन्ने सपना तुहाइयाे । खेल आजकै जस्तो भएकाे हाे ।

ओली राजनीतिमा चतुर हुन् तर दुरद्रष्टा हाेइनन् । महाकाली सन्धीमा उनकाे भूमिकाले उनलाई भारत परस्त मानिएकाे थियाे । भारतले पात्रहरुलाई अनुकुलता अनुरुप प्रयाेग गर्नेछ र त्यतिबेला ओली प्रयाेग भए । त्यसपछिका घटनाक्रममा ओलीले भारतलाई र भारतले ओलीलाई परीक्षण गर्दै रहे ।काँग्रेसमा नेतृत्वकाे खडेरी पर्दै र खुम्चिदै गएकाे अवस्थामा ओलीले आफू सत्तामा नजिक रहेकाे बुझेपछि राष्ट्रवादकाे अश्स््त्र फ्याँके । नाकाबन्दीबाट प्रताडित जनतामा त्यसले अचुक र रामबाणकाे काम गर्याे । उनी शक्तिशाली र सत्तारूढ भए ।उनकाे दुरदर्शिता छैन र राजनेतामा हुनुपर्ने गुण छैन किनकि आफू प्रधानमन्त्री भएपछि अध्यक्ष कसैलाई छाेड्न सकेनन् । पार्टीलाई एकढिक्का बनाउन नसकेर गुटहरुकाे संयुक्त माेर्चा बनाए । सत्तामा दाग लागेकाहरुलाई खुर्कन नसकेर साछी बस्दै रहे । सबैभन्दा ठूलाे कुरा सम्वृध्दिकाे मिठाे सपना देखाएर कार्यक्रममा चक्लेट दिन पनि सकेनन् ।

अब उनकाे बहिर्गमनकाे चर्चा चलिरहेकाे छ । बहिर्गमन पहिला पहिला जस्ताे सजिलाे पनि छैन । उनकाे बहिर्गमनपछि सत्ताकाे तालाचावी बाेकुँला भन्ने आश गरेर बसेका प्रचण्डलाई दक्षिणले सजिलै पुर्‍याउन सक्ने पनि छैन किनकि उनी भित्रै पूर्वमाओवादीका केही नेता चिनियाँ राजदुतकाे क्रियाशीलता पछि सेलाउँनेछन् र झर्ला र मुख रसाउला भनेर बसेका देउवाहरुका केही मुसाहरुले उत्तरी सिधा लिन थालेका तथ्य उनलाई नै थाहा छैन ।

२०४६ पछाडि हाम्राे राजनीतिमा दक्षिणी हस्तक्षेप सघन रह्याे । यतिसम्म कि टेलिभिजनका निर्देशकदेखि तराईका सिडिओ सम्मका लागि दक्षिणबाट दबाबहरु आउन थाले । सिमानाहरु बेपरवाह मिचिए । कुर्सी जाेगाउने मनसायले नेताहरु चुपचाप भैदिए । त्यसैका परिणाम राष्ट्रवादकाे जगमा ओलीकाे उदय भयाे तर उनका सहयाेगी, सल्लाहकारकाे अदुरदर्शीताले पतनकाे सङ्घारमा पुगे ।

अबकाे स्थिति झनै भयावह छ । MCC पेश हुनु र पास नहुनु पनि ओलीकाे परीक्षण थियाे । यसलाई पास गर्न नसक्दा अमेरिका र भारत दुबै चिढिएको अवस्था छ । सीमा र नक्सा भारतकालागि गहन चेतावनी बनेकाे छ । यी ओलीले चाहेरै भएकाे भने हाेइन । उत्तरी धुरीले उनीमार्फत चालिका परीक्षणहरु थिए । ओली अब उत्तरकालागि भराेसा र दक्षिणमा लागि घाँडाे भैसकेका छन् । सरकार ढाल्न प्रयाेग भएमा पुकदा, माकुने वादेगाै, र झनाखहरु पूर्णरूपमा दक्षिणमा हावामा रङ्गिएर आएका छन् भनेपनि नयाँ बन्ने सरकारमा त्यही भित्रबाट म्याद ताेक्ने र तामिल गराउने अस्थिर अवस्था रहीरहन्छ । उत्तरी हावाले उनीहरुमध्ये कसैलाई बगाउन, बङ्याउन सकेकाे खण्डमा याे खेल उतिखेरै सामसुम हुनेछ जसरी भुसकाे आगाे भित्र सल्किए पनि बाहिर निभ्दै जानेछ ।जे हाेस हाम्रा नेताहरुले खुलापनमा निर्लज्ज राजनीति फिजीकरण गर्दै लगेका छन् र भावि दिन उनीहरुकै हातबाट उनीहरुकै आत्मनिर्णयका अधिकारहरु समेत उत्तर र दक्षिणतिर सरिरहेकाे छ ।

लेखक निलकण्ठ बहुमुखी क्यापस धादिङका उपप्रध्यापक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *