२०७७ असार २६, शुक्रबार
Follow Us on:

सुरक्षामा खट्ने सुरक्षाकर्मीलाइ पनि सुरक्षित बनाउ सरकार !

प्रमाेद भट्ट

आज बिहान करीब ९ : ३० बजे तिर एकदमै जरूरी काम परेर (पत्रकारकाे हैसियतमा) म काठमाडाैँकाे सामाखुसी स्थित लेकबेशी खबरकाे कार्यलयबाट बाहिर निस्कीएकाे थिए । मेराे गन्तव्य नयाँबानेश्वर सम्मकाे थियाे । लाजिम्पार्ट, लैनचाैर, रत्नपार्क, माइतीघर बिजुली बजार हुँदै म नयाँ बानेश्वरसम्म पुगे त्यस बिचमा मैले करिब २० ठाउँमा सुरक्षाकर्मीकाे चेकजाँच र साेधबुझकाे लागि राेकीनु पर्याे । चेकजाँच र साेधबुझकाे क्रममा सुरक्षाकर्मीहरूकाे मिजासपनले मेराे मन जित्न सफल भयाे । मैले आउँदा जाँदा करिब ३० ठाउँमा बाइक राेकेर उहाँहरूकाे साेधबुझलाइ सहयाेग गरे तर मलाइ कुनै ठाउँमा झन्झट लागेन किनकी त्याे उहाँहरूकाे डिउटी थियाे र प्रश्न साेधाइमा कुनै रूखाेपन थिएन ।

तर बिनाकाम सडकमा सवारी साधन लिएर निस्किएकाहरू जाे मसंगै सडकमा भेटिन्थ्ये उनीहरू भने सुरक्षाकर्मीहरू संगै झगडा गर्न पनि पछि परेका थिएनन् त्याे दृश्य देख्दा मलाइ सारै नरमाइलाे समेत लाग्याे । सरकारले आफ्नै जनताकाे सुरक्षाकाे लागि लिएकाे डिसिजन नमान्ने हामी कस्ता जनता भन्ने भान मनमा परि रह्याे ।

मलाइ राम्राे जानकारी के थियाे भने सरकारले देशभर लकडाउन कुनै मजाले गरिरहेकाे थिएन । याे त एउटा परिस्थितिसंग जुद्नकाे लागि सरकारले लिएकाे महत्वपुर्ण निर्णय थियाे र जुन एकदमै आवश्यक पनि थियाे । सरकारले आबश्यकता अनुसार यसलाइ लम्ब्याउने वा अझै कडा बनाउन पनि सक्छ किनकी आफ्नाे जनताकाे सुरक्षा गर्नु सरकारकाे प्रमुख दायित्व समेत हाे याे कुरा जनताले बुझ्न आवश्यक छ । साथै यसबेला सरकारकाे बिराेध गर्नु भन्दा पनि आफ्नाे ठाउँबाट सरकारलाइ सहयाेग गर्ने समय हाे ।

देश बिषम परिस्थितिमा छ । भलै काेराेनाकाे संक्रमण याे सामाग्री तयार पार्दासम्म ३ जनामा देखिएकाेमा एक जनाकाे सफल उपचार भै सकेकाे छ । अरूकाे उपचार जारी छ । हामी आसा गराैँ ति २ पनि उपचार पछि चाँडै निकाे हुन्छन् ।

अब म मेराे आज बिहानकै करिब २ घण्टा यत्रा तर्फ यहाँहरूलाइ माेड्न चाहान्छु । आज बिहान मैले सडकमा जति पनि सुरक्षाकर्मीहरूलाइ प्रत्यक्ष भेटे उहाँहरूले एउटा सामान्य मेडिकल माक्स बाहेक सुरक्षाका अन्य उपाए अपनाएकाे देखिएन । ट्राफिक प्रहरीहरूले हातमा पन्जा लगाएकाे देखिए पनि धेरै सुरक्षाकर्मीले सुरक्षाका सामाग्री अप्नाएकाे देखिएन। यस बिषयमा सरकारकाे ध्यान जान अावश्यक छ ।

सडक निकै संबेदनशिल ठाउँ हाे । लकडाउनकै अबस्था भए पनि सरकारले अत्आबश्यक सवारी साधनलाइ संचालनकाे अनुमति दिएकाे छ र तिनीहरूकाे चेक जाँच गर्नु सुरक्षाकर्मीकाे दायित्व हाे । त्यसरी चेक जाँच गर्दा काेहीमा संक्रमण रहेछ भने त्याे उनीहरूमा पनि सर्ने संभावना बढी हुन्छ त्यसैले यस विषयमा पनि सरकारले आवश्यक पहल कदमी लिनु पर्ने देखिन्छ ।

कुनै पनि व्यक्तिकाे कागजपत्र छुनै परेकाे अबस्थामा सेनिटाइजरकाे प्रयाेग गरेर र छाेइसके पछि पनि सेनिटाइजरकाे प्रयाेग गर्न अब ढिलाइ गर्नु हुँदैन साथै सुरक्षित माक्स, पन्जा र समय समयमा बडी स्प्रे गर्ने व्यस्था पनि मिलाउनु पर्ने आबश्यकता देखिन्छ ।

यस्ता कुराकाे लागि निजी क्षेत्रकाे सानाे सहयाेग पनि यस बेला निकै ठुलाे भइदिन सक्छ त्यसैले आउनुहाेस् बिपतकाे सामना हामी सबै मिलेर गराैँ साथै सरकारलाइ सहयाेग गराैँ । हाम्राे सुरक्षामा खट्ने सुरक्षाकर्मीलाइ पनि सुरक्षित बनाअाैँ । काेराेनाकाे सामना गर्न सबैले आफुले सकेकाे सहयाेग गराैँ । केही सहयाेग गर्न नसक्नेहरूले पनि घर भित्रै बसेर सरकारलाइ सहयाेग गराैँ ।

अमुल्य प्रतिकृयाकाे अपेक्षा ………

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *