२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

एनआरएनएले अनुभवी र पारदर्शी व्यक्तिलाई नेतृत्व दिनुपर्छ

डा. नम्रता पाण्डे
एक साता अघि मात्र लण्डनबाट आउनुभएका एकजना परिचित भाइसँग होटेल याक एण्ड यतिमा बिहे भोजको कार्यक्रममा भेट भयो । भाइले धेरै पछिको भेटघाटमा पनि सन्चो बिसन्चो नसोधी सिधै दिदी तपाईंले सन् २०११-१३ को लागि पाँचौं गैर आवासीय नेपाली विश्व सम्मेलनको समयमा जापानबाट एनआरएनए मा कोषाध्यक्षमा उमेदवारी दिएर विजय सुनिश्चित हुँदाहुँदै पनि स्थितिलाई सहज बनाउन फिर्ता लिएर आफ्नो महानता देखाउनु भएको थियो तर यसपाली ८ वर्षपछि
फेरि पनि कोषाध्यक्ष पदमा जापानबाटै २ जनाको उमेदवारी परेको छ ।

नेतृत्वमा को आउनुपर्छ जस्तो लागेको छ ? भाइको सिधा प्रश्नले मलाई एकछिन मौन बसौँ र प्रसंगलाई मोडौं जस्तो लागेको थियो तर मनमा लागेको सत्य कुरालाई रोक्नु हुन्न र हामी जस्तो बहुआयामिक पक्षलाई बुझेको, भोगेको र एनआरएनएको आगामी नेतृत्वलाई पनि मार्गदर्शन मिल्ने सही कुरामा आनाकानी गर्नुहुन्न भन्ने लाग्यो र झट्पट भनिदिएँ – भाइ चुनाव हुँदैछ, चुनावको परिणामले निर्क्यौल गर्छ को उमेदवारको विजय तर चुनाव अघि नै मैले भन्नुपर्छ यसपटक एनआरएनए को कोषाध्यक्षमा महेश श्रेष्ठलाई नेतृत्व दिन सकिएन भने एउटा ठूलो पछुतो हुनेछ । पंक्तिकार स्वयं उच्च अध्ययनको क्रममा १० वर्ष जापान बसेको, त्यहाँका नेपाली समुदायसँग
मिलेर धेरै सामाजिक कार्यमा सरिक भएको र एनआरएनएलाई नजिकबाट नियाल्दै, यसका उद्देश्यलाई आत्मसात गर्दै यो विश्वब्यापी अभियानलाई साथ दिंदै सन् २००९ देखि नै सक्रियतापूर्वक सहभागिता जनाएको अनुभव र पारदर्शीतालाई ठम्याएर नै भाइले जापानको प्रसंग निकालेर जिज्ञासा राख्नु स्वाभाविक थियो । अहिले विश्वभरका एनआरएन अभियन्ताहरु नवौँ विश्व सम्मेलनको लागि भेला भएका छन् र यसपटकको भेलाले फेरि नयाँ कार्यसमिति चयन गर्नेहुँदा कुशल, अनुभवी,
पारदर्शी र आगामी दिनमा संस्थालाई नयाँ आयामबाट लैजाने नेतृत्वको खोजी र चयन गर्नुपर्ने हुँदा सबैमा यो जिज्ञासा, सहयोग र सही व्यक्तिको छनौट होस् भन्ने सकारात्मक माहोल बढ्नु स्वाभाविक पनि हो ।

पंक्तिकारले चिनेका धेरै व्यक्तिहरू विभिन्न पदमा आफ्नो उमेदवारी दिएर संस्थालाई नयाँ ढंगबाट नेतृत्व गर्नअगसर भएका छन् । यो एउटा सकारात्मक ऊर्जाको प्रवाह भएको मान्नुपर्छ । सबै जना चुनावमा उठ्नु र सबैको विजय यो त संभव छैन प्रत्येक पदमा एउटा उमेदवारको विजय हुनेछ तर सही उमेदवार छनौट गर्न सकिएन भनेचाहिँ अवश्य पश्चाताप पर्नेछ । “नेपालीका लागि नेपाली ” भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको गैर आवासिय नेपालीहरुको साझा संस्थाले यहि अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा नवौं विश्व सम्मेलन गर्दैछ । प्रवासमा रहेका नेपालीहरुलाई आपत विपदमा सहयोग गर्ने, भाइचाराको विकास गर्ने र प्रवाशमा आर्जेको धन रास्ट्रको आर्थिक विकासमा लगानी गर्ने यसका प्रमुख उद्देश्य हुन् । संस्थापक एनआरएनका नेतृत्वहरुले यिनै कुरामा जोड दिएर कामहरु गर्दै आएका पनि थिए । जब यसको संजाल फैलिदै गयो, विस्तारै आफ्नो कुनै देखावटी प्रतिष्ठा नभएकाहरुले एनआरएनलाई खेलमैदान बनाउन थालेको एनआरएन भन्दा बाहिरका सर्वसाधारणले अनुमान लगाउन थालेका छन् । हालसम्म करिव ८० राष्ट्रमा फैलीसकेको यो संस्थाप्रति वास्तवमै पारदर्शी, कुशल, अनुभवी र बुद्धिजिवी वर्गको सहभागिता कम हुन थालेकोमा नेतृत्व वर्गले यो कमजोरीलाई स्वीकार्नुपर्ने हुन्छ ।

यसैक्रममा गैरआवासीय नेपाली सघं एनआरएनको कोषाअध्यक्ष पदमा महेश कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघमा आर्थिक मितव्ययिता, पारदर्शिता एवं आर्थिक स्थायित्वको मुख्य एजेण्डा सहित नवौँ महाधिवेशनमा कोषाध्यक्ष पदमाउमेदवारी दिने निर्णय गर्नुभएको छ । विगत १३ वर्ष अघि देखि गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि काम गरिसकेको एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम
गर्न सक्छु भन्ने पूर्ण विश्वासका संकल्पित महेश श्रेष्ठलाई नेतृत्व दिने हो भने एनआरएनएले शसक्त रूपमा आफ्नो उद्देश्य सहित लक्ष्य हाँसिल गर्न सक्ने कुरामा द्विविधा रहदैन । वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने र उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको, गैरआवासीय नेपाली संघ एनआरएनएको आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राख्न संकल्पित र आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने उहाँको प्रतिबद्दता र क्षमतालाई सबैले विश्वास गर्नु उपयुक्त हुनेछ ।

संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गर्ने लक्ष्य बनाउनु, संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्ने प्रतिबद्दता जनाउनुले उनको काम र अनुभवले कोषाध्यक्ष पदको नेतृत्व दिनु सान्दर्भिक देखिन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने
खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गर्ने र सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने उनको चाहनाले अहिलेसम्म एनआरएनमा देखिएका कमजोरीहरुलाई शसक्त बनाउन सकिने आशा देखिन्छ । रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गर्न सकिने अपेक्षा र खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने प्रतिबद्दताले उनको अनुभवलाई प्रष्ट्याउँछ ।

युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गर्ने, भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो भन्ने ठहर गर्दै विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता राख्ने श्रेष्ठ हरेक आयामबाट पारदर्शी र संकल्पवान छन् । संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर

संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गर्ने उनको लक्ष्य र नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा लडिरहने प्रतिबद्दता जनाएका श्रेष्ठले संविधानको यसै धारा विरुद्ध सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा सबैलाई अवगत नै छ । यिनै व्यक्तित्व हुन् जसले गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ दिइरहेका छन् । त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइरहेका छन् । उनको शालीन व्यक्तित्व, अनुभव, दक्षता, अध्ययन अनुसन्धान र मिलनसार स्वभावको आधारमा पनि सबैलाई एकैसाथ लैजान सक्ने खुबीका धनी महेश श्रेष्ठ सबैको रोजाईका पात्र बनेका हुन्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *