२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

बीएड प्रथम वर्षको परीक्षाफल प्रकाशित, नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

काठमाडौं : त्रिभुवन विश्व विद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले ४ बर्षे बीएड (चान्स) प्रथम वर्ष २०७५ को परीक्षाफल प्रकाशित गरेको जानकारी दिएको छ । अनलाईन नतिजाको लागि यहाँ थिच्नुहोला

यो पनि हेर्नुहोस्, प्रदेश सरकारमातहत रहेका डडेल्धुराका अधिकांश कार्यालयमा अझै कर्मचारीको अभाव रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन् । जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरामा १३ कर्मचारीको दरबन्दी रहेकामा हाल नौ मात्रै छन् । डडेल्धुरा र बझाङ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको सो कार्यालय प्रमुुख रविन श्रेष्ठले बताउनुभयो । कृषि ज्ञान केन्द्रमा पनि १७ कर्मचारीको दरबन्दी छ तर हाल पाँच अधिकृत रिक्त छ ।

अधिकृतस्तरका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा दरबन्दीअनुसारका अधिकृतस्तरका कर्मचारी नहुँदा सेवाग्राहीले समयमै सेवा पाउन सकेका छैनन् ।

भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र डडेल्धुरामा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् भने दुई जिल्ला कार्यक्षेत्र भएकाले दरबन्दीअनुसारका कर्मचारी नभएको सो कार्यालयका प्रमुख खड्क शाहले बताउनुभयो । भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र कार्यालयमा हाल १२ जनाको दरबन्दी छ, जसमा हाल नौ कर्मचारी मात्रै छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *