२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

स्नातक तहको परीक्षा फारम भर्ने बारे त्रिविको अत्यान्तै जरुरी सुचना

काठमाडौ : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम भर्ने अति जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका

पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल मङ्सिर ११ गते देखि पौष १० गते सम्म आ–आफ्नो क्याम्पसमा नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर लिई परीक्षा आवेदन फारम भरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ । यसको विस्तृत विवरण त्रि. बि. website: www.tuexam.edu.np मा हेर्न सकिनेछ र सोही अनुसार अनिवार्य रुपमा गर्न गराउन सूचित गरिएको परीक्षा नियन्त्रकद्धारा जारी सूचनामा भनिएको छ । सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *