२०७७ असार १८, बिहिबार
Follow Us on:

जलाउन ठिक्क पारेको महिलाको शव प्रहरीले लियो घाटबाटै नियन्त्रणमा: पति पक्राउ

अशोक पहाडी

रौतहट: रौतहटको चन्द्रपुरमा जलाउन ठिक्क पारेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। 

चन्द्रपुर नगरपालिका १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा बुधबार प्रहरीले २६ वर्षीया सीमाकुमारीको शव नियन्त्रणमा लिएको हो। 

महिलाको मृत्यु शंकास्पद देखिएपछि शव नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए। ‘महिलाको मृत्यु शंकास्पद देखिएको सूचनाको आधारमा घाटमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको हो,’ शाहीले भने।

मृतक महिलाका श्रीमान मुकेश पण्डितलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले बताए।

बरामद गरेको शव प्रहरीले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नयाँ पत्रीकाबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *