२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

यसकारण लिम्पियाधुरा नेपालको हो

काठमाडौं: सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा लिम्पियाधुरा नेपालकै भूभागका रूपमा रहेको थियो । सो नक्सामा कालीनदीको शिर लिम्पियाधुरा नै प्रस्ट थियो । भारतले कुवा र खोल्सा बनाएर कालीनदी भनेर अर्कै मानेको विषय नक्साबाट स्पष्ट हुने सीमाविद् हेमन्त सेढाईंको दाबी छ ।

‘भारत आफैंले बनाएको नक्सामा लिम्पियाधुरा आसपास क्षेत्र विवादित भनेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा विवादित क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन । जताबाट अध्ययन गरे पनि लिम्पियाधुरा नेपालकै हो । यसमा भारतको त्रुटि देखिन्छ,’ सीमाविद् सेढाईंले भने ।

विभिन्न अध्ययनका अनुसार भारतले सन् १८५६ र नेपालले १९७५ पछि मात्र नक्सा बनाउन थालेको हो । त्योभन्दा अगाडि सर्बे अफ इन्डियाले नेपालको नक्सा बनाइदिन्थ्यो । सोही नक्सा नेपालले प्रयोग गथ्र्या । त्यसैले भारतले सन् १९७५ पछि लिम्पियाधुरा हटाएर नक्सा बनाएको थियो । लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट लेखिएको नक्सा ब्रिटिस लाइबेरीमा रहेको छ । महाकाली नदीको शिर नै लिम्पियाधुरा भन्नेमा चीनले पनि यसअघि नै सहमति जनाइसकेको थियो ।

‘नेपालले सय वर्षको नक्सा भिडाउनेबित्तिकै नेपालको भूभाग थाहा पाइन्छ । यस विषयमा नेपाल डटेर अघि बढ्नुपर्छ,’ सीमाविद् सेढाईंले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *