२०७७ साउन २९, बिहिबार
Follow Us on:

धादिङमा माघे संक्रान्ति महोत्सवको तयारी भब्य: ७ हल भन्दा बढी गोरुको भिडन्त हुने

धादिङ: धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ५ मा हुने छैटौँ गोरु जुधाई महोत्सबको भब्य तयारी भईरहेको छ । चमेरेगुफा संरक्षण समाजको आयोजनामा हुन लागेको उक्त महोत्सब माघ १ गते माघे संक्रान्तिका दिन हुने छ । महोत्सवमा गोरु जुधाइको लागि हालसम्म ७ हल गोरु दर्ता भएका छन् । भने इच्छुकले पुस मशान्तसम्म आफ्नो गोरु दर्ता गर्न सक्ने छन् ।

आयोजकले महोत्सवमा जुध्ने गोरुलाई ३ बर्गमा विभाजन गरेको छ । जस अनुसार क वर्गको विजेता गोरुले ६ हजार रुपैयाँ, उपविजेता गोरुले ३ हजार ५ सय र बराबर भएमा ४ हजार ५ सय पाउने छन् । त्यस्तै ख वर्गको विजेता गोरुले ५ हजार र ग वर्गको विजेता गोरुले ३ हजार पाउने छन् ।

‘फ्याक्सेमा विगत धेरै वर्षदेखि गोरु जुधाउने परम्परा रहँदै आएको थियो । तर पछिल्लो दशकमा गोरु जुधाउने क्रममा झगडा हुने र गोरु पाल्ने किसानहरुमा कमी आउन थालेपछि गोरु जुधाउने परम्परा बिस्तारै हराउँदै गएको थियो । यद्यपी विगतका केही वर्षदेखि उक्त परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले गाउँकै स्थानीय युवा क्लव चमेरेगुफा संरक्षण समाजको नेतृत्वमा महोत्सवकै रुपमा गोरु जुधाउने गरिएको आयोजक तथा चमेरे गुफा संरक्षण समाजका सचिव तथा रोशन श्रेष्ठले बताए ।

गोरु जुधाई महोत्सवको माध्यमबाट निलकण्ठ नगरपालिकामा रहेका पर्यटकीय स्थानहरुको प्रचार गर्ने तथा स्थानीय संस्कृतीलाई जगेर्ना गर्ने लक्ष्य आयोजकले लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *