२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

धादिङमा हुने पहाडी क्षेत्रकै ठुलो माईजात्रा भोली र पर्सी

धादिङ : त्रिपुरासुन्दरी माईको जात्रा यहि मंसिर १२ र १३ गते हुने भएको छ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरेर दुइ ओटा मन्दिर रहेको छ ।

मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–४ सल्यानकोट माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गा पा –६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ ।

भगवतिको मुर्तीलाई एक बर्षमा ३ वटा मन्दिरमा राख्ने परम्परा रहिआएको छ । जस अन्तर्गत कोटमा २ र बेशीमा १ मन्दिर रहेको छ । कोटमा भगवतिको मुल घर र मामा घर रहेको छ भने बेशीमा रहेको मन्दिरलाई भगवतिको माईति घरको रुपमा चिनिन्छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।

प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन । जिल्ला सदरमुकाम धादिङबेशीबाट करिब ३८ किमी सडक दुरीमा सल्यानकोट स्थित त्रिपुरासुन्दरी माईको मन्दिर अबस्थित छ ।

प्रत्येक बर्ष यस मन्दिरमा लाग्ने मेला भर्नको लागि हजारौ भक्तजन यस मन्दिरमा पुग्ने गरेका छन् । छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ, मकवानपुर लगायत नेपालका विभिन्न ठाउँबाट मानिसहरु मेला भर्नको लागि आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *