२०७८ साउन १४, बिहिबार
Follow Us on:

गाइजात्रामा रेल देखियो (फाेटाे फिचर)

काठमाडौँ: उपत्यकामा आज गाइजात्राको अवसरमा खिचिएका केहि तस्विरहरु

गाइजात्रामा तेस्रो लिङ्गी
दिवङ्गत आफन्तको सम्झाना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा विभिन्न भेषभूषामा सजिएर सहभागी भएका तेस्रो लिङ्गीहरु ।

गाइजात्रामा नृत्य प्रस्तुत गर्दै तेस्रो लिङ्गी
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएरका तेस्रो लिङ्गी ।
रामायण गायन प्रस्तुत
नेवार समुदायको महान चाड गाईजात्राको अवसरमा दिवङ्गत भएका आफन्तको सम्झनामा शुक्रबार दिक्तेलबजारमा नृत्यसहितको रामायण गायन प्रस्तुत गर्दै नेवार कलाकार ।
लाठ्ठी नाच प्रस्तुत
नेवार समुदायको महान चाड गाईजात्राको अवसर पारेर शुक्रबार दिक्तेलबजारमा लाठ्ठी नाच (ठाकठुके) प्रस्तुत गर्दै नेवार समुदाय ।
गाईजात्रा
दिवङ्गत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि शुक्रबार काठमाडौँको बसन्तपुरमा निकालिएको गाईजात्रा ।
भक्तपुरमा गाईजात्रा
भक्तपुरको दरबारस्क्वायरमा शुक्रबार मनाइएको गाईजात्रा पर्वमा परम्परागत नाच नाच्दै नेवार समुदायका बालबालिका तथा महिला ।
गाईजात्रा पर्व
भक्तपुरको दरबारस्क्वायरमा शुक्रबार गाईजात्रा पर्व मनाउँदै नेवार समुदाय ।
व्यङ्ग्य प्रदर्शन
भक्तपुरमा मनाइएको गाईजात्रामा व्यङ्ग्य प्रदर्शन गरिँदै ।
नृत्य प्रस्तुत
भक्तपुरमा मनाइएको गाईजात्रामा पाँचतले मन्दिर परिसरमा नृत्य प्रस्तुत गर्दै ।
गाईजात्रा– नृत्य प्रस्तुत
भक्तपुरको पाँचतले मन्दिर परिसरमा शुक्रबार गाईजात्राका अवसरमा नृत्य प्रस्तुत गरिँदै ।
महादेव र पार्वतीको स्वरुप प्रस्तुत
गाईजात्राका अवसरमा भक्तपुरमा शुक्रबार महादेव र पार्वतीको स्वरुप प्रस्तुत गर्दै ।
माक प्याख नृत्य प्रस्तुत
गाईजात्राका अवसरमा भक्तपुरको बंशगोपालमा ‘माक प्याख’ नृत्य प्रस्तुत गरिँदै ।
ताहमचा
गाईजात्राका अवसरमा शुक्रबार भक्तपुरमा ताहमचा लिएर नगर परिक्रमा गरिँदै ।

तस्विर: रासस

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *