२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

स्ववियु निर्वाचन : अन्याेलकाे बिचमा भट्टराईकाे बढ्दाे लाेकप्रियता

काठमाडौँ: यति बेला त्रिभुवन विश्व विद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरे पछि क्याम्पसहरुको माहोल तातेको छ । विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी नेताहरु भोटमाग्नलाई समेत व्यस्त भैसकेका देखिन्छन ।

कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भए पनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन । विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समय देखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका छ । तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ ।

याे भिडियाे पनि हेराैँ

अघिल्ला वर्षहरु विशेष गरि ३ विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यस पटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भए पछि झन यसले धेरैको ध्यान समेत खिचेको छ । दुई ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भईसकेको अबस्थामा यस पटक कांग्रेस निकट नेविसंघ र नेकपा निकट अनेरास्ववियु बिच नै प्रस्तीस्पर्धा हुनेछ । स्ववियु निर्वाचनलाई राजनितिक दलहरुले प्रतिष्ठाको लडाईको रुपमा समेत हेर्ने गरेका छन् ।

सभापतिमा किरण भट्टराईकाे दावेदारी

यसै बिच काठमाडौको तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी रौनक राम्रैसंग छाएको देखिन्छ । फाल्गुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा किरण भट्टराईले आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।

नेविसंघ धादिङका जिल्ला सदस्य समेत रहेका भट्टराई लामो समयदेखि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको राजनितिमा सक्रिय छन । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ३ निवासी भट्टराईले ग्रामिण आदर्श बहुमुखी क्याम्पस नेपालटारमा २०६७ सालबाट नेविसंघको राजनैतिक यात्रा सुरु गरेका हुन । भट्टराई ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन । विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सो समस्या हल गर्न सधै लागि परेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ । भट्टराईको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन । साथै भट्टराइ निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययानरत विद्यार्थीहरु बताउछन ।

नेविसंघ धादिङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष समेत रहेका भट्टराई, शालिन र क्षमतावान विद्यार्थी नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन ।

भट्टराईसंगै नेविसंघबाट सभापतिको लागि लक्ष्मी सिल्वाल, प्रविन गुरुङ, सन्तोष गुरुङ, जीवन राना र सुवास अधिकारीले पनि आ-आफ्नो दावि प्रस्तुत गरि रहदाँ सबैसंग सहकार्य गरेर नेविसंघबाट निर्विरोध सभापतिको उमेद्धार छान्न आफुहरु सफल हुने पनि उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *