२०७७ असार २६, शुक्रबार
Follow Us on:

धादिङ कृषि पर्यटन तथा ब्यापार मेलाको उद्घाटन गगन थापाले गर्ने

धादिङ: यहि मंसिर १३ गतेबाट शुरु हुने धादिङ कृषि पर्यटन तथा ब्यापार मेलाको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री एंव संघिय सांसाद गगन थापाले गर्नुहुने भएको छ ।
मेलाको आयोजना शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाले गर्न लागेको हो । प्रखर बक्ता र चिन्तकको रूपमा चिनिएका थापा मेलामा आउनुहुने कार्यक्रम तय भएपछि मेलाको रौनक नै बदलिएको बताइन्छ ।

आयोजक संस्था शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाकी अध्यक्ष कल्पना अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको पिजन खबर डटकमलाई जानाकारी दिनुभयो। अधिकारी धादिङको पहिलो मेलादेखी नै महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरि सक्नुभएको ब्यक्तित्व हुनुहुन्छ।

धादिङ उद्योग बाणिज्य संघले आयोजना गरेको एउटा महोत्सबको उहाँले नेतृत्व गरिसक्नुभएको छ।

महिलाको नेतृत्वमा संचालित सहकारी संस्थाले मेलाको आयोजना गर्न लागेको हुनाले पनि यो मेलाको चौतर्फी बहस र चर्चा भैरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *