काठमाडौं : रमेश प्रसाईले यहि २२ गते विवाह गर्दै छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेश र नन्दा दुबै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।
समाजसेवामा रहेका नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको खुलेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका र नन्दाले प्रस्ताव स्वीकार गरेकी बुझिएको छ ।
भिडियाे