२०७७ मंसिर २०, शनिबार
Follow Us on:

नब्बे करोड अन्तः शूल्क चुक्ता गरेपछि मात्रै ‘गोर्खा ब्रुअरी’को वियर बजारमा जान पाउने

काठमाडौं: आन्तरिक राजश्व विभागले ‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता नगरेसम्म आफ्नो वियर बजारमा लैजान रोक लगाएको छ ।

राजश्व विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशूल्कसहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्तसहितको पत्र पठाएको हो ।

विभागले पच्चास (५०) प्रतिशतभन्दा कम जौं’को मात्रा भएको वियरलाई लोकल रक्सीको श्रेणीमा राख्ने र अन्तःशूल्क प्रतिलिटर ४ सय २३ रुपैयाँ नतिरेसम्म बजारमा लैजान रोक लगाएको जनाएको छ ।

कानून अनुसार पच्चास प्रतिशतभन्दा कम जौं’को मात्रा भएको माल्टको अन्तःशूल्क लोकल रक्सी सरह प्रतिलिटर ४ सय २३ रुपैयाँ लाग्ने बताइएको छ ।

सोही कारण विभागले गुणस्तर खस्किएपछि नयाँ दर अनुसार अन्तःशूल्क तिर्नुपर्ने भन्दै उक्त निर्णय परिवर्तन हुन नसक्ने बताउँदै आएको छ । तर, पच्चास प्रतिशतभन्दा बढी जौं’को मात्रा भएको वियरमा भने अन्तःशूल्क प्रतिलिटर १ सय ६५ रुपैयाँ मात्रै लाग्छ ।

तर, गोर्खा ब्रुअरीले भने अन्तःशूल्कमा असन्तुष्टि जनाउँदै आएको छ । गोदाममा रहेका ४ लाख ३७ हजार बक्स वियरमा आन्तरिक राजश्व विभागले अनुगमनपछि गुणस्तर घटेकाले उच्च अन्तःशूल्क लगाउने निर्णय गरेको जनाएको हो ।

विभागको उक्त निर्णयपछि गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्गका ४ लाख ३७ हजार बक्स गोदाममै रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *