२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

किशोरी गर्भवती बनाउने एक शिक्षक पक्राउ, अर्का फरार

बझाङ: सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् । गत फागुन १२ मा पीडित किसोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझैं पक्राउ परेका छैनन् । प्रहरीले उनीहरु घर वरिपरि नै घुमिरहँदा पक्राउ गर्न नसेको आरोप लागिरहेका बेला ४ महिनापछि मात्रै शिक्षक ओलीलाई सोमबार राति पक्राउ गरिएको हो ।

अर्का आरोपित शिक्षक जोशीको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई कानुनअनुसार कारबाही हुनुपर्ने र सुरुमा डिएनए चेक गर्नुपर्ने महिलाअधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीको भनाई छ ।

पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर माविका शिक्षक शिवराज जोशी र अर्का दाई नाता पर्ने भैरव आधारभूतका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ छ ।

आमा र बच्चा अलपत्र
किशोरीले सन्तान जन्माएपछि उनी अहिले अलपत्र अवस्थामा छन् । फागुन ११ गते जिल्लाको सदरमुकाम चैनपुमा रहेको महिला सेफहाउसमा आएकी १९ बर्षिया किशोरीले बैशाख १३ गते जिल्ला अस्पतालमा बच्चा जन्माएकी हुन् । किशोरीबाट छोरा जन्मिएको छ । आमासहित बच्चा अहिले चैनपुरकै महिला सेफहाउसमा सुरक्षित रहेको महिला सेफहाउसकी मनोसामाजिक परामर्सकर्ता सावित्री थापाले बताइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *