२०७६ फाल्गुन १०, शनिबार
Follow Us on:

‘कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैन थियो’

काठमाडौं: जब मुना कार्कीमाथि विजय चौधरी आक्रमणमा उत्रिए तब घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाउँछ । मुना पहिलोपटक चिच्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोज्छ । तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका बन्द हुन्छ । कुकुर ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फुटाउनै खोज्छ । भित्र पस्न सक्दैन ।

कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले कसेर मार्ने प्रयास जारी राख्दछन् । त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आक्रामक रुपमा प्रस्तुत हुन्छ । तर, भित्र छिर्ने भान्छाको ढोका बन्द भएकाले सक्दैन ।

सोमबार सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की हत्याको सीसीटीभी फुटेजमा सेफर्ड कुकुर पनि कैद भएको र उसको गतिविधिबारे समेत प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्या’न जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्या’न लिन्थ्यो होला ।

याे भिडियाे पनि एकदमै महत्वपुर्ण छ एक पटक हेर्नुहाेला।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *